'ए' डिभिजन लिगमा फ्रेन्ड्स क्लबले जावलाखेल युथ क्लबलाई पराजित गरेको छ भने संकटा क्लब र चर्च ब्वाइजले अंक बाँडेका छन्।
काठमाडौँ– शहीद स्मारक 'ए' डिभिजन लिगअन्तर्गत मंगलबार भएका खेलमा फ्रेन्ड्स क्लबले जावलाखेल युथ क्लबलाई पराजित गरेको छ भने संकटा क्लब र चर्च ब्वाइजले अंक बाँडेका छन्।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा मंगलबार सम्पन्न दिनको पहिलो खेलमा फ्रेन्ड्सले जावलाखेललाई २-१ गोल अन्तरले पराजित गर्यो।
फ्रेन्ड्सको जितमा राफिक अमिनु र प्रकाश बुढाथोकीले १/१ गोल गरे। यता, जावलाखेलका फोफना फोडेले गरेको गोल सान्त्वना रह्यो।
खेलको १९औँ मिनेटमा डिबक्सको दायाँ साइडबाट दोस्रो बारमा कप्तान प्रकाशले प्रहार गरेको बललाई ड्राइभ गर्दै जावलाखेलका गोलरक्षकले बचाएका थिए। तर, गोललाइन नजिक रहेका राफिकले बललाई जाली चुमाए।
४०औँ मिनेटमा लक्ष्मण रूचालले स्विच गर्दै दिएको लामो पासलाई प्रकाशले कन्ट्रोलमा लिँदै दोस्रो बारतर्फ प्रहार गरेको बल गोल भएको थियो। पहिलो हाफ २ गोलले अगाडि रहेको खेलको अन्ततिर फ्रेन्ड्सले गोद्य खाएको थियो।
८७औँ मिनेटमा फोफना फोडेले पेनाल्टीमार्फत सान्त्वना गोल फर्काए। फ्रेन्ड्सका अमित तामाङले जावलाखेलको खेलाडीलाई हातले धकलेर लडाएपछि इनसाइड रेफ्री विश्वास कार्कीले फाउल करार गर्दै पेनाल्टी दिएका थिए।
बाँकी समयमा भने जावलाखेल खेलमा फर्किन सकेन र फ्रेन्ड्सले २-१ गोलअन्तरको जित हात पार्यो। जितसँगै फ्रेन्ड्सले ४ खेलबाट ४ अंक जोडेको छ। पराजित जावलाखेलको समान खेलबाट ७ अंक छ।
संकटा र चर्च ब्वाइजले अंक बाँडे
मनिष डाँगीले पेनाल्टी चुकाउँदा संकटा क्लबले शहीद स्मारक 'ए' डिभिजन लिगमा चर्च ब्वाइजसँग अंक बाँडेको छ। एन्फा कम्प्लेक्समा भएको खेलमा संकटाले गोलरहित बराबरी खेल्दै अंक बाँडेको हो।
पहिलो हाफ गोलरहित बराबरी सकिएको थियो। तर, दोस्रो हाफमाको इन्ज्युरी समयमा संकटाले पेनाल्टी पाएको थियो। तर, मनिषको प्रहार चर्च ब्वाइजका गोलरक्षक प्रिसोले बचाए।
बराबरीसँगै दुवै टोलीले १/१ अंक बाँडेका छन्। ४ खेल खेलको संकटाको ५ अंक छ। चर्च ब्वाइजको समान खेलबाट १० अंक रहेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
