तनहुँको आँबुखैरेनी गाउँपालिकाले कार्यपालिका बैठक भत्ताकाे बजेटबाट नयाँ शिक्षक राखेकाे छ। मासिक २० हजार रुपैयाँ दिएर पालिकाले १२ जना शिक्षक राखेकाे हाे।
तनहुँ– आँबुखैरेनी गाउँपालिकाले कार्यपालिकाको बैठक भत्ता कटाएर शिक्षकलाई तलब खुवाउने गरेको छ।
उक्त बैठकबाट प्राप्त हुने भत्ता रकमले १२ जना शिक्षकलाई मासिक जनही २० हजार रुपैयाँ तलब प्रदान गर्न थालिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद शर्माले जानकारी दिए।
सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्न गाउँपालिकाले शैक्षिक क्षेत्रमा प्राथमिकता दिएर काम गर्दै आएको उनले बताए। आगामी शैक्षिक सत्रदेखि विद्यालयलाई दुईवटा स्कुल बस प्रदान गर्ने योजना पालिकाको छ।
ज्येष्ठ नागरिक, सुत्केरी, अपांगता, असहाय र गरिबका लागि निःशुल्क एम्बुलेन्सको व्यवस्था गरेको शर्माको भनाइ छ। पालिकाभित्र करको दायरमा आएका व्यवसायीलाई एम्बुलेन्स सेवामा २० प्रतिशत छुटको व्यवस्था गरिएको पनि जनाइएको छ।
गाउँपालिकाले एम्बुलेन्स खरिद गरी नाफामुखीभन्दा पनि सेवामूलक भावनाले काम गर्दै आएको पालिका अध्यक्ष शुक्र चुमानले जानकारी दिए। एम्बुलेन्सलाई आवश्यक पर्ने तेल र चालकको तलबका लागि सहयोग जुटिरहेको उनको भनाइ छ।
त्यसैगरी, पालिकाले कार्यालयको पहिलो तलामा नागरिक सेवा कक्ष सञ्चालनमा ल्याएको छ। एकै स्थानबाट सेवा दिन उक्त कक्ष शुरूआत गरिएको हो।
पालिकाले निवेदन, फोटोकपी, नक्सापासलगायत सेवा निःशुल्क गरेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
