उच्च अदालत पाटनले प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचनसहित तीन जनामाथि अनुसन्धान गर्नका लागि ५ दिनको म्याद थप गरेको छ।
काठमाडौँ– अदालतले प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचनसहित डेपुटी सीईओ मनिराम पोखरेल र प्रमुख कर्जा अधिकृत (सीआरओ) रिवाश श्रेष्ठमाथि अनुसन्धानका लागि ५ दिनको म्याद थपेको छ।
उनीहरूविरुद्ध बैंकिङ कसुर मुद्दामा अनुसन्धानका लागि उच्च अदालत पाटनका न्यायाधीशद्वय लेखनाथ पौडेल र गीताप्रसाद तिम्सिनाको वाणिज्य इजलासले सोमबार ५ दिनको म्याद थप गरेको हो।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले उनीहरूलाई बैंकिङ कसुरको आरोपमा आइतबार बैंकको केन्द्रीय कार्यालय परिसरबाटै पक्राउ गरेको थियो।
सीआईबीका प्रवक्ता शिवकुमार श्रेष्ठका अनुसार, पक्राउ परेकाहरूले बैंकलाई हानि/नोक्सानी पुर्याएको र कर्जा दुरुपयोग गरेको पाइएको छ।
सीआईबीका अनुसार, प्रतिवादी कुसुम लामामाथि अनुसन्धान गरिरहेको ठगी, आपराधिक विश्वासघात र नेपाल राष्ट्र बैंक ऐन, २०५८ अन्तर्गतको कसुर मुद्दाको सिलसिलामा संकलित विवरणको विज्ञ टोलीले अध्ययन गरेको थियो।
अध्ययनका क्रममा सीईओ शेरचनसमेतले राष्ट्र बैंकको निर्देशन र प्रचलित कानूनविपरीत कार्य गरी बैंकलाई हानि-नोक्सानी पुर्याएको र उक्त अपराध लुकाउन विभिन्न कम्पनीको नाममा करोडौँ रकम कर्जा दुरुपयोगमा संलग्न रहेको खुलेको हो।
अदालतबाट म्याद लिएर उनीहरूमाथि थप अनुसन्धान गरिरहेको सीआईबीले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
