जेनजी आन्दोलनका क्रममा काठमाडौँमा मात्रै ४९ जनाको मृत्यु भएको प्रहरीको तथ्यांक छ। मृत्यु भएकामध्ये सात जनाको पहिचान अझैसम्म खुल्न सकेको छैन।
काठमाडौँ– जेनजी आन्दोलनका क्रममा सर्वोच्च अदालतमा आगजनी र तोडफोड गर्ने पाँच जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ।
पक्राउ पर्नेमा राजु परियार, कुमार पराजुली, सुशील श्रेष्ठ र ज्योति थापा घतानी रहेको सोमबार जिल्ला प्रहरी परिसरका प्रवक्ता पवनकुमार भट्टराईले जानकारी दिए। प्रहरीले एक जनाको भने पहिचान खुलाएको छैन।
अदालतमा आगजनी गर्ने अन्य केहीको पहिचान भइसकेको जानकारी दिँदै उनले उनीहरूलाई पनि छिट्टै कानूनी दायरामा ल्याइने बताए। अदालतमा आगजनी गर्नेमाथि छानबिन गरी कारबाही गर्न सर्वोच्चले परिसरमा जाहेरी दिएको थियो।
परिसरमा जेनजी आन्दोलनका क्रममा आगजनी, तोडफोड, आपराधिक उपद्रवसँग सम्बन्धित १०४ वटा जाहेरी परेको छ। त्यसमध्ये २२ व्यक्तिगत, ६६ वटा सरकारी कार्यालय र १६ वटा संस्थागत/व्यापारिक प्रतिष्ठानको रहेको परिसरले जनाएको छ।
सरकारी कार्यालयसँग सम्बन्धित जाहेरीको हिस्सा सबैभन्दा बढी ५७ प्रतिशत रहेको छ। त्यसैगरी, व्यक्तिगत रूपमा प्राप्त जाहेरी ४३ प्रतिशत र संस्थागत तथा व्यापारिक प्रतिष्ठानका जाहेरी सबैभन्दा कम २३ प्रतिशत रहेको प्रवक्ता भट्टराईको भनाइ छ।
आन्दोलनका क्रममा काठमाडौँमा मात्रै ४९ जनाको मृत्यु भएको प्रहरी तथ्यांक छ। त्यसमध्ये सात जनाको अझैसम्म पहिचान खुलेको छैन। सो समयमा हराएका सात जनाको हुलिया प्राप्त भएको प्रहरीले जनाएको छ।
“चुच्चेपाटीको भाटभटेनीमा सात वटा कंकाल फेला परेका हुन्, जसले आशंका गर्नुभएको छ, फेला परेको शव पूर्णरूपले जलेकाले डीएनएनको नमूना पाउन सकिएन”, उनले भने, “पहिचानका लागि अन्य ठाउँमा पठाउने कि भनेर लागेको छौँ, सो शवको पहिचान नभएसम्म त्यसको यकीन गर्ने आधार देखिएन।”
प्रवक्ता भट्टराईका अनुसार, यस अवधिमा विभिन्न कसुरमा १५४ वटा मुद्दा दर्ता भएका छन्। यसै क्रममा २६७ जनालाई पक्राउ गरिएको थियो। पक्राउ परेकामध्ये ८७ जना हाजिर जमानीमा रिहा भएका छन् भने ११३ जना हिरासतमा रहेका छन्। बाँकी ३३ जना धरौटीमा र ४३ जना पुर्पक्षका लागि थुनामा पुगेका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
