सलाह पेनाल्टीमा चुक्दा लिभरपुल पराजित

लिभरपुल २६ खेलबाट ४२ अंक जोडेर तालिकाको पाँचौँ स्थानमा छ।

काठमाडौँ– इंग्लिस प्रिमियर लिगमा लिभरपुल बर्नमाउथसँग पराजित भएको छ।

मोहम्मद सलाह पेनाल्टीमा चुक्दा लिभरपुल घरेलु टोली बर्नमाउथसँग १–० ले स्तब्ध बनेको हो। बर्नमाउथका फिलिप विलिङले गरेको गोल नै निर्णायक बनेको थियो। 

भिटालिटी स्टेडियममा शनिबार राति खेलको २८औँ मिनेटमा फिलिपले गोल गर्दै बर्नमाउथलाई अग्रता दिलाएका थिए। ७०औँ मिनेटमा लिभरपुलले पेनाल्टी पायो।

तर, सलाहले त्यसलाई सदुपयोग गर्न सकेनन्। जितसँगै बर्नमाउथ २६ खेलबाट २४ अंकसहित १६औँ स्थानमा उक्लिएको छ।

लिभरपुल समान खेलबाट ४२ अंक जोडेर पाँचौँ स्थानमा छ।