पहाडी भूभागमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना

दिउँसो देशका अधिकांश स्थानको मौसम आंशिक बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

काठमाडौँ– पश्चिमी वायुको प्रभावले हाल देशको पहाडी भूभागको मौसम आंशिक बदली भएको छ।

बाँकी स्थानको मौसम सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। दिउँसो देशका अधिकांश स्थानको मौसम आंशिक बदली हुने छ।

पहाडी भूभागमा मेघ गर्जन र चट्याङसहित वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ। सोमबार गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागको मौसम बदली हुने सम्भावना छ।

महाशाखाका अनुसार आगामी केही दिन चट्याङसहित क्षणिक वर्षाको सम्भावना छ।