रामचन्द्र पौडेल पशुपतिमा पूजा गर्न र त्यहाँबाट बीपीको सालिकमा माल्यार्पण गर्न सुन्दरीजल जाने क्रममा सडकको बायाँ लेन खाली गराइएपछि ट्राफिक जाममा फसेका सर्वसाधारणले हर्न बजाएर असन्तुष्टि पोखेका छन्।
काठमाडौँ– राष्ट्रपति निर्वाचित भएको भोलिपल्ट शुक्रबार आफ्नै बाचाविपरीत रामचन्द्र पौडेल सडक खाली गराएर पूजाअर्चनाका लागि पशुपति मन्दिर गएका छन्।
पौडेल बिहान ९ बजेतिर पुजाका लागि पशुपति पुगेका थिए। उनले त्यहाँ करिब डेढ घन्टा पूजा गरेका थिए। उनी पशुपति जाँदा र त्यहाँबाट निस्किँदा सडकको बायाँ लेन खाली गराइएको थियो।

पशुपतिमा पूजा सकाएपछि करिब पौने ११ बजे त्यहाँबाट पौडेल सुन्दरीजल गएका छन्। त्यहाँ उनले बीपी कोइरालाको सालिकमा माल्यार्पण गर्ने कार्यक्रम छ।
पौडेलको सवारीका लागि एकातर्फको लेन खाली गराएपछि सडकमा ट्राफिक जाम भएको थियो। कार्यालय जाने समयमा जाममा फसेका सर्वसाधरणले हर्न बजाएर असन्तुष्टि जनाएका थिए।

राष्ट्रपति निर्वाचनमा पहिलो मत खसालेपछि पौडेलले बिहीबार संसद् भवनको ल्होत्से हलमा पत्रकारहरूसँग राष्ट्रपति निर्वाचित भएपछि आफूले सर्वसाधारणलाई सास्ती हुने गरी ट्राफिक जाम हुन नदिने बताएका थिए। उनले भनेका थिए, “म राष्ट्रपति बनेपछि शीतल निवासबाट बाहिर निस्कँदा जनताले सडक जामको सास्ती भोग्नुपर्दैन।”
यो पनि: राष्ट्रपति पदकै हुर्मत लिइरहेको ‘भीभीआईपी’ सवारी, के गर्लान् रामचन्द्र?
प्रथम राष्ट्रपति डा. रामवरण यादव र त्यसपछिकी राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकालमा शीतल निवासबाट हुने भीभीआईपी आवागमनका क्रममा सडक नै खाली गराउने गरिएको थियो, छ। यही कारण सार्वजनिक सवारी आवागमन अस्तव्यस्त भएर सर्वसाधारणले सडकमा अनेक सास्ती बेहोर्दै आएका छन्।

गएको माघ २७ गते राष्ट्रपति भण्डारी संघीय संसद्को संयुक्त अधिवेशनलाई सम्बोधन गर्न जाँदा उनको सवारी हुने सडकमा आवागमन ठप्प पारिएको थियो। त्यही क्रममा राष्ट्रिय ट्रमा सेन्टरका चिकित्सक जनिथलाल सिंहलाई वीर अस्पताल अगाडि सुरक्षामा खटिएका प्रहरीले कुटपिट गरेका थिए।
भिडियो: किसन पाण्डे
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
