गाउँमा विकास भइरहे पनि बसाइँसराइ नरोकिएको गलकोट नगरपालिकाका प्रवक्ता हिमबहादुर भण्डारीले बताए।
ढोरपाटन– दशक अगाडिसम्म बागलुङमा धेरै बजार थिएनन्। अधिकांश गाउँमै बस्ने, पशुपालन र कृषि गरेर जीवन निर्वाह गर्थे।
उनीहरूमा बजार मोह त्यत्ति थिएन। बजार साना थिए। बजारमा पनि माटो, ढुंगा र काठले बनेका घर बढी थिए । स्थानीय तह बनेसँगै गाउँ–गाउँमा सडक पुग्यो। साना बजार शहरमा परिणत हुँदै गए। बागलुङ, गलकोट र बुर्तिबाङलाई मुख्य बजारका रूपमा लिइन्थ्यो।
पछिल्लो समय बुर्तिबाङ र गलकोट बजारको जनसंख्या तीव्र रूपमा बढेको छ। दिनप्रतिदिन गाउँ छाडेर बजार झर्नेको लर्को लाग्न थालेको छ। कुना कन्दरासम्म सडक पुगे पनि बजार मोह भने उस्तै छ। निसी, कानाबगर, झिवाखोला, जुग्गाखोला, काठेखोलाको भीमगिठे, खार, खौलारा, न्वारा, काठेखोलाको अक्षते, बरेङको बरेङडाँडा, जैमिनीलगायत गाउँ बजारमा परिणत भएका छन्।
गाउँमा विकासले गति लिए पनि शहर पस्ने क्रम नरोकिएको तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढामगरले बताए। “अहिले विदेश जाने, पैसा कमाउने र बजार झर्ने लहर चलेको छ,” उनले भने, “गाउँ रित्ता हुँदैछन् भने शहर बजार झन् गुल्जार।”
तमानखोलाबाट बुर्तिबाङ झर्नेको सङ्ख्या बढी छ। पोखरा, काठमाडौँ, बुटवललगायत शहर बसाइँसराइ गर्ने पनि अत्यधिक रहेको बुढामगरले बताए। बसाइँसराइ रोक्न स्थानीयलाई आयआर्जनसँग जोड्नुपर्ने उनको भनाइ छ।
उता, निसीखोलाको झिवाखोला, बडिगाडको खौलारा र गलकोटको हटिया बजार बसाइँसराइ गर्नेको संख्या बढेको छ। बागलुङमा सबैभन्दा बढी बसाइँसराइ गलकोट नगरपालिकामा रहेको प्रवक्ता हिमबहादुर भण्डारीले बताए।
“गाउँमा विकास भइरहेकै छ। तर पनि बसाइँसराइ कम भएको छैन्,” भण्डारी भन्छन्, “गाउँमा युवा भेट्टाउनै मुस्किल पर्छ। घरहरू जीर्ण बन्दै गएका छन्।” खेती गरेर बस्नेको संख्या घट्दै गएको गलकोट–७ का विष्णु थापाले बताए।
गाउँ रित्तिएपछि उत्पादनमा कमी आएको छ। धान, गहुँ, मकै र सागसब्जी फल्ने बारी बाँझिएका छन्। गाउँ उराठ बन्दै गएको थापाले बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
