अफगान केन्द्रीय बैंकसँग सम्बन्धित नौ अर्ब ५० करोड डलर बराबरको सम्पत्ति अमेरिकाले रोक्का गरेपछि चिनियाँ कूटनीतिज्ञले रकम फिर्ता गर्न आह्वान गरेका छन्।
चीनले अमेरिकी बैंकमा राखिएको अफगानिस्तानको रकम अमेरिकाले फिर्ता गर्नुपर्नेमा जोड दिएको छ। संयुक्त राष्ट्रसंकका एक जना लागि चिनियाँ कूटनीतिज्ञले अफगानिस्तानको रकम तत्काल फिर्ता गर्न आह्वान गरेका हुन्।
सुरक्षा परिषद्को बैठकलाई सम्बोधन गर्दै संयुक्त राष्ट्रका लागि चीनका उपस्थायी प्रतिनिधि गेङ स्वाङले अफगानिस्तानका महिला तथा बालबालिकाको अधिकार र हितको रक्षा गर्न तत्काल अफगानी रकम फिर्ता दिनुपर्ने बताएका हुन्।
अफगान केन्द्रीय बैंकसँग सम्बन्धित नौ अर्ब ५० करोड डलर बराबरको सम्पत्ति अमेरिकाले रोक्का गरेपछि चिनियाँ कूटनीतिज्ञले रकम फिर्ताका निम्ति आह्वान गरेका हुन्। सन् २०२१ को अगस्टमा अतिवादी समूह तालिबानले काबुल कब्जा गरेर सत्ता सम्हालेपछि अमेरिकाले अफगानिस्तानको रकम रोक्का गरेको हो।
न्युयोर्कको एक अदालतले गत महिना गरेको आदेशलाई उद्धृत गर्दै उपप्रमुख गेङले अफगानी सम्पत्ति रोक्का गर्नु अनुचित भएको बताए। अफगानिस्तानको केन्द्रीय बैंकले न्यूयोर्कस्थित फेडरल रिजर्भ बैंकमा यसअघि जम्मा गरेको तीन अर्ब ५० करोड अमेरिकी डलर जफत गर्न नमिल्ने आदेशसहित निवेदन दिएको थियो। अदालतले दुई दशकअघि सेप्टेम्बर ११, २००१ मा न्यूयोर्कमा भएको आतंकवादी हमलाबाट पीडित परिवारको क्षतिपूर्तिका लागि उक्त रकम जफत गर्नुपर्ने माग अस्वीकार गरेको थियो।
अमेरिकाको इतिहासमा भएको हालसम्मको सबैभन्दा त्रासदीपूर्ण आतंकवादी आक्रमणका दोषीबाट क्षतिपूर्ति भराउने अधिकार पीडित परिवारलाई भए पनि अफगानिस्तानको केन्द्रीय बैंकको रकम जफत गर्ने अधिकार नभएको आदेशमा उल्लेख गरिएको थियो । आतंकवादी हमला अफगान जनता वा अफगानिस्तानले नगरेकाले तालिबानले नै जघन्य आक्रमणको क्षतिपूर्ति तिर्नुपर्ने फैसला सुनाइएको थियो।
२२ वर्षअघि १९ जना आत्मघाती आक्रमणकारीले अपहरण गरेका चारवटा विमान न्यूयोर्कका ट्वीन टावर, वासिंटन डिसीमा रहेको अमेरिकी रक्षा मन्त्रालयमा ठोक्काइएको थियो। उक्त हमलामा विमानमा रहेका यात्रीसहित झन्डै तीन हजार जनाको मृत्यु भएको थियो भने छ हजारभन्दा बढी घाइते भएका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
