प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष दाहालविरुद्ध सर्वोच्च अदालतमा परेको रिट निवेदन बिहीबार 'हेर्न नभ्याइने'मा परेको छ।
काठमाडौँ– प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'विरुद्ध परेको रिट निवेदन बिहीबार ‘हेर्न नभ्याइने’मा परेको छ।
सर्वोच्च अदालतका न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको इजलासमा सुनुवाइका लागि तय भएको रिट निवेदन बिहीबार हेर्न नभ्याइने सूचीमा परेको हो। उक्त रिटमा सर्वोच्चले शुक्रबारका लागि पेसी तोकेको छ।
मंगलबार ज्ञानेद्रराज आरणसहित २४ जना द्वन्द्वपीडितले दाहालविरुद्ध दिएको रिट सर्वोच्चले दर्ता गरेको थियो। उनीहरूले दर्ता गर्न खोजेको रिट सर्वोच्च प्रशासनले गत कात्तिक २४ गते दरपीठ गरिदिएको थियो।
त्यसपछि रिट लिएर उनीहरू इजलासमै पुगेका थिए। शुक्रबार न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र हरि फुयालको संयुक्त इजलासले रिट दर्ता गर्न आदेश दिएको थियो। प्रधानमन्त्री दाहालले २०७६ माघ १ गते द्वन्द्वकालमा मारिएकामध्ये ५ हजार व्यक्तिको हत्याको जिम्मेवारी म लिन्छु भन्दै सार्वजनिक अभिव्यक्ति दिएका थिए। सोही अभिव्यक्तिलाई आधार बनाएर उनीहरूले सर्वोच्चमा रिट दायर गरेका हुन्।
प्रधानमन्त्री दाहालसहित ७ पक्षलाई प्रतिवादी बनाइ दायर गरिएको रिटमा माघ १ गते सार्वजनिक रूपमा गरेको 'हत्याको स्वीकारोक्ति'लाई आधार मानी उनलाई तत्काल पक्राउ गरी आवश्यक अनुसन्धान अघि बढाउन अन्तरिम आदेशको माग गरिएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
