टस हारेर पहिले ब्याटिङ गर्दै नेपाल

नेपालका प्रशिक्षक मोन्टी देसाईले प्लेइङ ११ मा एक परिवर्तन गरेका छन्। उनले नियमित ओपनर कुशल भुर्तेललाई खेलाएका छन्।

काठमाडौँ– आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडीआई सिरिज अन्तर्गत पपुवा न्यू गिनी (पीएनजी)विरूद्ध नेपालले पहिले ब्याटिङ गर्ने भएको छ।

त्रिवि क्रिकेट मैदानमा पीएनजीका कप्तान असद भालाले टस जितेर फिल्डिङ गर्ने निर्णय लिएका हुन्। नेपालले केही समयपछि ब्याटिङ गर्ने छ।

नेपाली टोलीका प्रशिक्षक मोन्टी देसाईले प्लेइङ ११ मा एक परिवर्तन गरेका छन्। उनले नियमित ओपनर कुशल भुर्तेललाई खेलाएका छन्।

यूएई भ्रमणका क्रममा ग्रेइनको समस्या बल्झिएपछि उनले केही खेल गुमाएका थिए। कुशलको कमब्याकसँगै प्रतीश जिसी टोलीबाट बाहिरिएका छन्। बाँकी रहेका चार खेलमा नै विजयी भए नेपालले शीर्ष तीनमा रहँदै जिम्बाबेमा हुने एकदिवसीय विश्वकपका लागि छनोट खेल्ने छ। 

नेपालले ३२ खेलबाट १५ जित र दुई बराबरीसँगै ३२ अंक जोडेको छ। नेपाल अंक तालिकाको पाँचौ स्थानमा छ। नेपाललाई ओडीआई मान्यता जोगाउन पनि जित अपरिहार्य छ।