राप्रपा राष्ट्रपति निर्वाचनमा तटस्थ बस्ने भएको छ। राप्रपासँग कूल २ हजार ४ सय ५० मतभार छ।
काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले राष्ट्रपति निर्वाचनमा मतदान नगर्ने भएको छ।
राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बुधबार (आज) बसेको बैठकले यस्तो निर्णय गरेको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए।
उनले फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनमा सहभागी नहुने र तटस्थ बस्ने निर्णय सर्वसम्मतरूपमा पारित भएको बताए।
बिहीबार (भोलि) राष्ट्रपति चयनका लागि निर्वाचन हुँदैछ। निर्वाचनमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा एमालेका नेता सुवास नेम्वाङ प्रतिस्पर्धामा छन्।
१४ जना प्रतिनिधिसभा सांसद र २८ जना प्रदेशसभा सदस्य रहेको राप्रपासँग कूल २ हजार ४ सय ५० मतभार छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
