रविको सट्टा कुनै रविना लामिछानेले 'मेरो एउटा श्रीमान् थियो, सम्बन्ध राम्रो थिएन। अर्को प्रेमी थियो, उसबाट बच्चा जन्मियो, सकियो। अहिले अर्को विवाह गरेकी छु र म खुशी छु' भनेको भए के हुन्थ्यो होला?
'लैंगिक समानताका लागि अन्वेषण र प्रविधि' भन्ने नाराका साथ अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदै छ। सूचना तथा प्रविधिको युगमा नेपालजस्तो सामाजिक असमानता रहेको मुलुकमा प्रविधिको प्रयोगले कसरी लैंगिक समानतामा सहयोग गर्न सक्छ भन्ने विषयमा आलेख तयार गर्ने विषयमा सोच्दै गर्दा नेपालमा पछिल्ला समय देखिएका कतिपय घटनाक्रम र सामाजिक सञ्जालका स्त्रीद्वेसी प्रतिक्रियाहरूले नराम्ररी बिथोले, मूल विषयमा केन्द्रित हुनै सकिएन।
विद्यावारिधिको अध्ययन पूरा गरेर त्रिभुवन विश्वविद्यालयमा पुनः प्राध्यापन शुरू गर्ने सोचका साथ आफ्नो अध्ययनलाई कसरी नेपालमा कृषि क्षेत्रको समस्या समाधानको निम्ति प्रयोग गर्न सकिएला भन्नेसम्बन्धी अनुसन्धान परियोजना–प्रस्तावबारे हामी छलफल गर्दै थियौँ। नेपालमा काम गर्न रुचि राख्ने युनिभर्सिटी अफ इलिनोइसका कृषि अर्थशास्त्री प्राध्यापक पल म्यक्नामारा नेपालमा कृषिको विकास नहुनुमा धेरै कारण रहेको, र अनेक कारणमध्ये कृषिमा महिलाकरण हुँदै जाँदा पनि कृषि प्रसार र प्रविधि भने महिलामैत्री नभएको बताउँदै थिए।
त्यसका लागि हामीलाई नेपालको जनसाङ्ख्यिक बनोटको विश्लेषण जरुरी थियो। पछिल्लो २० वर्षको महिला र पुरुष जनसङ्ख्याको अनुपात हेरेर अर्थशास्त्री म्यक्नामाराको अनुहार गम्भीर बन्यो, त्यसलाई बुझ्न मलाई गाह्रो भएन। प्राकृतिक रूपमा बालिकाको जन्म धेरै हुने गरेता पनि नेपाललगायत देशमा छोरीको अनुपातमा छोराको जनसङ्ख्या बढ्दै जानुको कारण छोरीहरू गर्भमै मारिनु हो भन्ने तथ्य मलाई राम्ररी थाहा छ। नोबेल पुरस्कार विजेता अर्थशास्त्री अमर्त्य सेनले दक्षिण एसियामा महिला र पुरुषको अनुपात विश्वका अन्य विकसित देशको भन्दा कम हुनुलाई 'हराएका महिला'का रूपमा व्याख्या गरेका छन्। कहिलेकहीँ मेरो अध्ययन र बहसलाई नेपालका तिनै हराएको छोरीहरूले बिथोलिदिने गर्छन्।
कालिकोटको भीर र महिला
सन् २०१६ मा कामको सिलसिलामा कालिकोट गएको थिएँ। नौ दिनसम्म गाउँको कुनै घरमा बाजा बजिरह्यो। कारण सोध्दा थाहा भयो, कुनै घरमा छोरा जन्मिएको रहेछ। छोरा जन्मँदा सकी नसकी भए पनि ९ दिनसम्म बाजा बजाउने समाजमा छोरी जन्मँदा भने कुनै रौनक नहुने रहेछ। धेरै दिदी बहिनीहरू ३० वर्षको उमेरमा नै ४–५ सन्तानको आमा बनिसक्दा रहेछन् भने गाउँ गाउँमा हुने बालविवाह र बहुविवाहका कथा पीडितकै भाषामा सुन्दा झनै हृदय विदारक छन्। बहुविवाह गर्ने या त्यसलाई सामान्य मान्ने पुरुषका कुरा सुन्दा ताजुब लाग्छ।
पुरुषले किन बहुविवाह गर्छन् भनेर सोध्दा एक स्थानीय युवाले मसँग भने, 'भीरबाट लडेर कुन श्रीमती कहिले मर्छिन् भन्ने थाहा हुँदैन, अनि धेरै श्रीमती बिहे नगरेर के गर्ने त?' कालिकोटका डरलाग्दा पाखाहरूमा घाँस काटिरहेका महिला भेटिन्छन्। मधेसतिर अझै पनि महिलाहरू घुम्टो उतार्न गारो मान्नुहुन्छ। यी 'बाहिर'का कुरा भए, काठमाडौँ उपत्यकाभित्रका बलात्कारका तथ्य र तथ्यांक हेर्दा नौनाडी गल्छन्। कतिपय राजनीतिक दलले आफ्ना चुनावी घोषणापत्रमा 'कोखदेखि शोक'सम्मको सेवाको बाचा गरेका छन्, तर नेपालमा छोरीहरूको संघर्ष कोखमा नै हुरू हुने कुरामा राजनीतिक क्षेत्र भने संवेदनशील छैन।
रोजगारीका लागि पुरुष बिदेसिएको अवस्थामा बालबच्चा, वृद्ध वृद्धाको रेखदेख र खेतीपातीको जिम्मेवारी बहन गर्दा महिलाको कार्य बोझ बढेको देखिन्छ तर त्यसको सामाजिक विश्लेषण बिरलै हुने गरेको छ। नेपालमा भइराखेको लैङ्गिक विभेदले निराश मात्रै होइन, आक्रोशित पनि बनाउँछ।
रवि लामिछाने भर्सेस 'रविना लामिछाने'
भर्खर मात्रै प्रतिनिधिसभाको उपसभामुखले महिला हुँदा हुने र पुरुष हुँदा हुने सुविधाबीच विभेद भएकोबारे टिप्पणी गर्दा उहाँ उल्टै आलोचित हुनुभयो। उहाँले उठाएको विषय वास्तविक भए पनि प्रतिक्रियाहरूको जरो भने 'स्त्रीद्वेसी' सोच नै थियो। तर उहाँलाई सांसद निर्वाचित गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने अलिक अगाडिको आक्रोशपूर्ण प्रस्तुति भने धेरैले रुचाए।
रवि मिडियामा जसरी प्रस्तुत हुनुभयो, जस्ता शब्दहरूको प्रयोग उहाँले गर्नुभयो, त्यसै गरी यदि कुनै महिला नेता बोलेको भए के हुन्थ्यो होला! समाज र सामाजिक सञ्जालमा कस्ता टिप्पणी हुने थिए होलान्। रवि लामिछानेको सट्टा कुनै रविना लामिछानेले 'मेरो यौटा श्रीमान् थियो, सम्बन्ध खास राम्रो थिएन। अर्को प्रेमी पनि थियो, उसबाट एउटा बच्चा जन्मियो, सकियो। अहिले अर्को विवाह गरेकी छु र म खुशी छु' भनेको भए समाज र प्रभुत्व वर्गले त्यसलाई कसरी लिने थियो होला?
पत्रकार मित्रहरू, आफ्नो संस्था या मिडिया कति लैङ्गिक मैत्री छ भनेर मूंल्याकन गर्न समान परिस्थितिमा महिला र पुरुषको अवस्था मूंल्याकन गर्न आफूले लेख्ने समाचारमा पुरुषको ठाउँमा महिला र महिलाको ठाउँमा पुरुष राखेर बेलाबेला विचार गर्नुस् त! 'बच्चा जन्मियो, सकियो' जस्तो टिप्पणी गर्ने स्वतन्त्र पार्टीको लोकप्रिय सभापतिलाई उहाँकै पार्टीका शिक्षित र सचेत 'घन्टीमित्र'हरूले समेत प्रश्न गर्नु हुन्न भने माइकल ल्याम्बले सम्पादन गर्नु भएको 'बाल विकासमा बुबाको भूमिका' शीर्षकको पुस्तक अमेरिकाबाट फर्किँदा म नै उपहार लिएर आउँला। पढ्ने फुर्सद भयो भने बुबाहरू बिदेसिएका कारण बुबाको औँला नसमाती हुर्किएको हाम्रो युवा पुस्ताको मनोदशाबारे अलिकति बोध हुने थियो कि!
कुनै पनि क्षेत्रको विकासका लागि राजनीतिक क्षेत्रको सुधार अत्यावश्यक हुने गर्छ। भर्खर सम्पन्न निर्वाचनमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले राजनीतिक दलहरूले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा उम्मेदवारी दिने क्रममा महिलामाथि ठूलो विभेद गरेको टिप्पणी गरे। गठबन्धनको नाममा संविधानले नै सुनिश्चित गरेको अधिकारबाट महिलाहरूलाई वञ्चित गर्ने काम भएको सन्दर्भमा उनले त्यो टिप्पणी गरेका हुन सक्छन्। त्यति हुँदाहुँदै पनि गणतन्त्र स्थापित भइसके पछाडि र नयाँ संरचनामा देश गइसके पछि महिलाहरूको नेतृत्वमा केही परिवर्तन भएको छ। तर महिलाले स्थानीय सरकारहरूमा नेतृत्व गरेपछि कस्तो खालका परिवर्तन भए भन्नेबारे अध्ययन र अनुसन्धान हुन बाँकी नै छ।
यद्यपि, महिलाहरूले मिडियामा स्तरीय ुकभरेजु नपाउने, परम्परागत रूपले शक्तिशाली मानिएको पुरुषको सर्वत्र सामना गर्नुपर्ने, उनीहरूले प्रतिनिधित्व गर्ने राजनीतिक दलबाट नै पर्याप्त सहयोग नपाउने तथा समाजमा रहेको सोचको कारण पनि आफ्नो क्षमता र योग्यतालाई पर्याप्त उपयोग गर्न नसकेको भने पक्कै हो। काठमाडौँ महामहानगरपालिकाका प्रमुख बालेन शाहको उठबस र हिँडडुलसमेत समाचार बन्दा दोस्रो पटक भरतपुर महानगरपालिकाको मेयरमा निर्वाचित रेणु दाहालका बारे भने अझै मिडियाहरूले केबल प्रचण्डको छोरीकै रूपमा चित्रित गर्ने गरेका छन्। कतिपय पुरुष विधायकहरूको व्यक्तिगत कुण्ठाको समेत रिपोर्टिङ गरेर नथाक्ने हाम्रा मिडिया विधायक मन्थनमा राम्रो अभ्यास गरिराख्नु भएकी सांसद सुमना श्रेष्ठलगायतको पर्याप्त कभरेजमा चुकेकै देखिन्छन्। यसर्थ, अब हामीले मौनता तोड्नु पर्ने बेला आएको छ। प्रश्न सोध्नुपर्ने बेला भएको छ।
नेपाली काँग्रेसका महामन्त्री गगन थापा बारम्बार भन्ने गर्नुहुन्छ, 'मेरो राजनीतिक सफलताको मापन मैले सक्रिय राजनीतिबाट विश्राम लिएपछि बाटोमा हिँड्दा मेरा छोरीहरूले मेरो बाबाले राजनीति गरेका थिए भनेर गौरव गर्न सके भने त्यसको आधारमा नै हुने छ।' उहाँलाई मेरो प्रश्न, 'यही दरमा महिलारछोरीहरूको हुर्मत लिँदै जाने हो भने छोरीहरूले काठमाडौँको बाटोमै हिँड्नसमेत कहिले सुरक्षित महसुस गर्लान्र?'
२०१५ सालमा डडेलधुराबाट द्वारिकादेवी ठकुरानी सांसद र मन्त्रीसमेत भएको गौरवशाली इतिहास बोकेको पार्टी कांग्रेसमा आज पनि एक जना मात्रै महिला प्रत्यक्ष सांसद निर्वाचित हुने अवस्थाको जिम्मेवारी 'आशा गरिएका' महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा लिने हो कि होइन? यदि त्यसो हो भने विगत १ वर्षमा समान लैंगिक प्रतिनिधित्वका लागि यहाँहरूले के प्रयास गर्नु भो? बाँकी ४ वर्षका लागि के योजना छ?
पहिलो संविधानसभाको चुनावमा तुलनात्मक रूपमा तत्कालीन माओवादीबाट राम्रो महिला प्रतिनिधित्व भएको थियो। तर त्यही पार्टीका अध्यक्ष र प्रधानमन्त्रीले नै बलात्कार आरोपीलाई सम्मान गरेको तस्बिर सामाजिक सञ्जालमा छरपस्ट भएका छन्। महिलाप्रतिको यो हदको संवेदनशीलताले विगतमा माओवादीले महिलाका पक्षमा गरेका कामको अवमूल्यन गरेका छन्।
'पुरुष व्यवस्थापन' र रानी माहुरी
राजनीतिमा 'पुरुष व्यवस्थापन'का लागि हारेका पात्रहरूलाई समेत राष्ट्रियसभामा लग्ने कि उप निर्वाचनमा विजेता बनाउने भन्ने खालका बेचैनी पार्टीहरूबीच देखिन्छ। तर आदरणीय पुरुष राजनीतिकर्मीहरू, आफ्नो वरपर हेर्नुस् त! अनेकन् अवरोधका बाबजुद तपाईँहरूसँगै संघर्ष गरेका महिला आज कहाँ छन्रु संसद्मा घनश्याम भूसाल र भीम रावलको खोजी गर्ने प्रदीप पौडेलहरूले देवी खड्काहरूलाई खोज्नुपर्यो, आफ्नै पार्टीको ७० बर्से इतिहासमा महिलाहरूले गरेको संघर्ष पढ्नुपर्यो।
महिला नेतृत्वको कुरा हुँदै गर्दा कहिलेकहीँ नेतृत्वमा पुग्ने महिलाहरू नै अन्य महिलाको विकासमा बाधक हुने गरेका तथ्य पनि भेटिने गरेको छन्, त्यसलाई 'रानी माहुरी सिद्धान्त' भन्ने गरिन्छ। पछिल्ला अनुसन्धानहरूले त्यो अवधारणलाई नकारेको छ। पितृसत्तात्मक सोच महिला वा पुरुष दुबैमा हुने गर्छ र महिलामाथि महिलाले नै गर्ने गरेको भेदभाव पनि महिलामा निहित पितृसत्तात्मक सोचकै उपजका रूपमा व्याख्या गरेको छन्।
पछिल्ला समय खास गरी बलात्कार मुद्दामा भएका केही निर्णय र महिला नेताहरूको मौनता देखेर लाग्दै छ(कतै हामी पनि महिला नेतृत्वको नाममा त्यस्तै रानी मौरीहरू त उत्पादन गरिराखेको त छैनौँरु अझै पनि नेपालको कुनै ठाउँ छैन, जहाँ महिलाले सम्मानित र सुरक्षित महसुस गर्न सकुन्। अन्तर्राष्ट्रिय नारी दिवस मनाउँदै गर्दा बलात्कार आरोपी पुरुषहरू जसरी सत्ता र शक्तिमा फर्किएका कुरा र बहुविवाहरमहिला हिंसामा संलग्न पुरुषसमेत राज्यका जिम्मेवार व्यक्तिबाट सम्मानित बनेका कुराले चिन्ता लाग्छ। यस्तो सामाजिक अवस्थामा हुर्किएका हाम्रा छोरीहरूको मनोविज्ञान कस्तो होलारु सीमित ठाउँमा देखिने केही महिलाहरू छाडेर हेर्दा नेपाल साँच्चिकै आम महिलाहरूको देश कहिले होला?
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
