राष्ट्रपति र प्रधानमन्त्रीले लगाएनन् भाइटीका

राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाले यस वर्षको भाइटीका लगाएनन्।

राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाले यस वर्षको भाइटीका लगाएनन्।

राष्ट्रपति भण्डारीको माइतीघरमा मरणाशौच परेकाले भाइहरूलाई टीका नलगाइ दिएको राष्ट्रपति कार्यालयले जनाएको छ। उनको तीन जना भाइमध्ये दुई अमेरिका र एक नेपालमै छन्।

त्यस्तै, प्रधानमन्त्री शेरबहादुर देउवाले भ्रातृशोक परेकाले भाइटीका नलगाएको प्रधानमन्त्री देउवाका स्वकीय सचिव भानु देउवाले बताए। प्रधानमन्त्रीका भाइ प्रेमबहादुर देउवाको निधन भएको एक वर्ष पुगेको छैन।

तिहारको पाँचौँ दिन आज दिदीबहिनीहरूले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था  निष्ठाका साथ दीर्घायु, आरोग्य  ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पाअनुसार सप्तरंगी टीका लगाइदिने गर्दछन्।

टीका लगाइदिएपछि दिदीबहिनीले दाजुभाइलाई ओखर, कटुस, मरमसला एवं सेलरोटीलगायतका खानेकुरा दिने र दाजुभाइले पनि दिदीबहिनीलाई गच्छेअनुसार सौभाग्यका प्रतीक कपडा र दक्षिणा दिई सम्मान प्रकट गर्ने धार्मिक एवं सामाजिक परम्परा छ।