काठमाडौँ- रङको पर्व होलीको हर्षोल्लास शुरू भएको छ।
आज बिहानैबाट काठमाडौँ उपत्यकासहित देशभर होली मनाउन शुरू गरिएको हो। फागु पूर्णिमाका दिन मनाइने होली हरेक वर्ष हर्षोल्लासका साथ मनाउने गरिन्छ।
होलीको अवसरमा वसन्तपुरसहित टुँडिखेल लगायतका स्थानमा होली मनाउन मानिसहरू उपस्थित हुन थालेका छन्। साथै वसन्तपुर दरबार क्षेत्रमा चीर ठड्याएर हप्ता दिनअघि शुरू गरिएको चीर पूजा गर्ने मानिसहरूको यतिबेला भीड छ।
आज पहाडी जिल्लामा र भोलि तराईका जिल्लामा होली खेलेर यो पर्व मनाउने परम्परा छ। असत्यमाथि सत्यको विजयको प्रतीक, पारिवारिक एवं सामाजिक एकताको पर्वका रूपमा पनि यो पर्व मनाउने प्रचलन छ। एकअर्का बीचमा रङ दलेर होली पर्व मनाउने गरिन्छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
