विशेष अदालतले मिटरब्याजी श्याम परदेशी भनेर चिनिने श्यामकृष्ण साहलाई ५ लाख धरौटीमा छोड्न आदेश दिएको छ।
काठमाडौँ– विशेष अदालतले मिटरब्याजी श्याम परदेशी भनेर चिनिने श्यामकृष्ण साहलाई धरौटीमा छोड्न आदेश दिएको छ।
आइतबार विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल, न्यायाधीशद्वय शालिग्राम कोइराला र बलभद्र बास्तोलाको इजलासले श्याम परदेशीलाई धरौटीमा छोड्ने आदेश दिएको हो।
विशेष अदालतका सूचना अधिकार नारादप्रसाद भट्टराईले श्याम परदेशीलाई पाँच लाख रुपैयाँ धरौटीमा छोड्ने आदेश दिइएको जानकारी दिए।
सर्लाही मंगलवा नगरपालिका-४ का साहविरुद्ध विपन्न व्यक्तिहरूलाई एक पटक ऋण दिएर पटक–पटक ऋण दिएको कागज बनाउँदै ठगी गरेको आरोप छ। उनीविरुद्ध सम्पत्ति शुद्धीकरण विभागले मुद्दा दायर गरेको थियो।
उनको मिटर ब्याजका कारण पीडित बनेकाहरूले उनीविरुद्ध उजुरी दिएपछि सम्पत्ति शुद्धीकरण विभागले छानबिनपछि मुद्दा दायर गरेको थियो। उनलाई पक्राउ गर्नुपर्ने माग गर्दै पीडितहरूले आन्दोलनसमेत गरेका थिए।
उनलाई सर्लाही जिल्ला अदालतका न्यायाधीश कृष्णराम कोइरालाको इजलासले ठगी मुद्दामा पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
