'ए' डिभिजन लिगअन्तर्गत आइतबार सम्पन्न खेलमा सातदोबाटोले एनआरटीलाई २-१ गोलले पराजित गर्दै विजयी शुरूआत गरेको छ भने आर्मी र संकटाले अंक बाँडेका छन्।
काठमाडौँ– दीपकराज ठकुरीको २ गोलप्रेरित सातदोबाटो युथ क्लबले शहीद स्मारक 'ए' डिभिजन लिगमा विजयी शुरूआत गरेको छ। ललितपुरस्थित च्यासल मैदानमा आइतबार सम्पन्न खेलमा सातदोबाटोले न्यूरोड टिम (एनआरटी)लाई २-१ गोल अन्तरले पराजित गरेको हो।
सातदोबाटोको जितमा दीपकको २ गोल रह्यो। एनआरटीका निकोलस संगको गोल सान्त्वना रह्यो। खेलको ४५औँ मिनेटमा दीपकले गोल गरेका थिए। तर, पहिलो हाफको अतिरिक्त समयमा निकोलसले बराबरी गोल फर्काए।
८४औँ मिनेटमा पुनः दीपकले गोल गर्दै सातदोबाटोलाई अंक दिलाए। जितसँगै सातदोबाटोले ३ अंक जोडेको छ। एनआरटीले हारबाट प्रतियोगिता शुरू गरेको छ।
अब सातदोबाटोले दोस्रो खेल फागुन २४ गते सशस्त्र प्रहरी बलको एपीएफसँग खेल्ने छ। यता, एनआरटीले फागुन २५ गते जावलाखेल युथ क्लबसँग खेल्ने छ।
आइतबार नै त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा भएको अर्को खेलमा विभागीय टोली त्रिभुवन आर्मी र संकटा क्लबले गोलरहित बराबरी खेलेका छन्। दुवै टोलीले केही अवसर सिर्जना गरे पनि गोलमा परिणत गर्न सकेनन्। बराबरी खेलेका आर्मी र संकटाले १/१ अंक जोडेका छन्।
संकटाले दोस्रो खेल फागुन २४ गते मनाङ मस्याङ्दीसँग खेल्ने छ। आर्मीले फागुन २५ गते साबिक विजेता मछिन्द्र क्लबसँग खेल्ने छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
