एमाले अध्यक्ष ओलीले हरेक चाडपर्वको महत्त्व फरक-फरक हुने बताए। उनले नेपाली चाडपर्व महत्त्वपूर्ण र विशेषताले भरिएको भन्दै यसको संरक्षणमा जुट्न पनि आह्वान गरे।
काठमाडौँ- नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले बहिनीको हातबाट भाइटीका ग्रहण गरेका छन्।
बिहीबार भाइटीकाको अवसरमा ११ बजेर ३७ मिनेटको शुभ साइतमा उनले तीन बहिनीहरू विष्णुमाया ढकाल, कौशल्या कोइराला र विष्णुकुमारी पौडेलको हातबाट भाइटीका लगाएका हुन्। त्यस अवसरमा उनले बहिनीहरूले दिएका भाइमसला ग्रहण गर्दै बहिनीहरूलाई पनि सप्तरंगी टीका लगाइदिएका थिए।
यमपञ्चकका पाँच दिन यमराजले यमुनाको घरमा वास गर्छन् भन्ने धार्मिक विश्वास छ। भाइटीकाको दिन दियो, कलश र गणेशको पूजा गर्ने, यमराजको आह्वान गर्ने, बिमिरो, ओखर, तेल, मखमलीको माला, दुबोको टीका, कटुस आदिको प्रयोगमा आफ्ना दिदीबहिनी र दाजुभाइको सुख–समृद्धि, अरोग्य एवं दीर्घायुको कामना गर्ने गरिन्छ।
टीका ग्रहणपछि सञ्चारकर्मीसँगको संक्षिप्त प्रतिक्रियाका क्रममा अध्यक्ष ओलीले भाइटीकाले दिदीबहिनीसँग मिल्ने अवसर जुटाएको बताए। उनले हरेक चाडपर्वको महत्त्व फरक-फरक हुने भन्दै चाडपर्वको संरक्षण र संवद्धर्न गर्न जरुरी रहेको बताए।
"चाडहरू विशेष अर्थ र महत्त्वका हुन्छन्। यो पनि विशेष अर्थ र महत्त्वको छ। यिनीहरूको संरक्षण र सही अर्थको सदुपयोग गर्न जरुरी छ। हाम्रो संस्कृति, सभ्याता इतिहास संरक्षण गर्न जरुरी छ। हजारौँ वर्ष लगाएर संरक्षण गरिएका चाड, पर्व इतिहासलाई हामीले संरक्षित गर्नु र संवर्द्धन गर्न जरुरी छ," उनले भने ।
अध्यक्ष ओलीले हजारौँ वर्ष लगाएर संरक्षण गरिएका चाडपर्व र इतिहासलाई सबै नेपालीले संरक्षित गर्नु र संवर्द्धन गर्नु अहिलेको आवश्यकता भएको बताए। उनले आजको समय किंवदन्तीको नभई, तथ्य र तथ्यांकको भएकाले चाडपर्वमा रहेका कमजोर पक्षहरूलाई हटाउनुपर्ने बताए। उनले नेपाली चाडपर्व महत्त्वपूर्ण र विशेषताले भरिएको भन्दै यसको संरक्षणमा जुट्न पनि आह्वान गरे।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
