हावाहुरीसहित वर्षाको सम्भावना

पश्चिमी वायुको प्रभावले देशका पहाडी भागको मौसम बदली भएको छ। 

काठमाडौँ– पश्चिमी वायुको प्रभावले  देशका पहाडी भागको मौसम बदली भएको छ।

दिउँसा विभिन्न स्थानमा चट्याङ र हावाहुरीसहित वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भागमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना छ। 

यस्तै कोशी र बागमतीका उच्च  पहाडी तथा हिमाली क्षेत्रमा हिमपात हुने महाशाखाले जनाएको छ। अपराह्नतिर सुदूरपश्चिम र लुम्बिनी प्रदेशको तराई क्षेत्रमा हावाहुरी र वर्षाको समेत सम्भावना छ।

राति पहाडी भागमा आंशिक बदली रही बाँकी स्थानको मौसम सामान्यतया सफा रहने महाशाखाको अनुमान छ।