संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले सरकारहरूले जलवायु परिवर्तनका क्षेत्रमा प्राथमिकताका साथ काम गर्नुपर्ने बताएका छन्।
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले विश्वले जलवायु परिवर्तनलाई प्राथमिकतामा नराखे गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिएका छन्। बीबीसीसँगको अन्तर्वार्ताका क्रममा बुधबार गुटरेसले विश्वले जलवायु सम्बन्धी विषयलाई प्राथमिकता नदिएको गुनासो गर्दै यस्तै नीतिमा चलिरहे ‘बर्बाद’ हुने बताएका हुन्।
जलवायु परिवर्तनमा हालसम्मका प्रगति र समाधानबारे इजिप्टमा दुई सातापछि हुन लागेको जलवायु सम्मेलन कोप-२७ अघि महासचिव गुटरेसले विश्वको ध्यानाकर्षण गराएका हुन्।
गुटरेसले विश्वका वर्तमान चुनौतीहरू महँगी, रुस-युक्रेन युद्ध, इन्धनको मूल्य वृद्धि र खाद्यान्न अभाव रहेको बताए। त्यस्तै, उनले यसका साथै जलवायु परिवर्तनलाई पनि बहसको केन्द्रमा ल्याउनुपर्ने बताए। जलवायु परिवर्तनका विनाशकारी असरबाट बच्न विश्वका नेताले पृथ्वीको तापमान वृद्धि १.५ डिग्री सेल्सियसमा सीमित गर्ने प्रमुख उद्देश्य बिर्सन नहुनेमा उनको जोड थियो। यस विषयमा अमेरिका, बेलायत, चीनसहित विश्वका प्रमुख राष्ट्रहरूले सहकार्य गर्नुपर्ने उनले बताए।
कतिपय मुलुकमा जलवायु परिवर्तनका विनाशकारी असर देखिइसकेको स्मरण गराउँदै उनले कुनै पनि बहानामा जलवायु परिवर्तनको ‘अन्तर्राष्ट्रिय कार्य’ त्याग्ने अधिकार कसैलाई नभएको जिकिर गरे।
इजिप्टको शार्म एल शैखमा नोभेम्बर ६ देखि १८ तारिखसम्म जलवायुका लक्ष्य तय गर्न बृहत् सम्मेलन हुँदैछ।
यसअघि गतवर्ष स्कटल्यान्डको ग्लास्गोमा सम्पन्न कोप-२६ मा विश्वका अधिकांश मुलुकले जीवाश्म इन्धनको प्रयोगमा कटौती वा पूर्ण रूपमा प्रतिबन्ध लगाउने, वन फडानी रोक्ने र जलवायु परिवर्तनका असर भोगिरहेका विकासशील मुलुकहरूलाई आर्थिक सहायता गर्ने प्रतिबद्धता जनाएका थिए। यस वर्षको सम्मेलन जलवायु परिवर्तनबारे हालसम्मका प्रगति र विगतका प्रतिबद्धता कार्यान्वयनका विषयमा केन्द्रित हुनेछ।
यसैबीच, बुधबार सार्वजनिक अर्को एक प्रतिवेदनले सन् २०२१ मा वायुमण्डलमा अहिलेसम्मकै बढी हरित गृह ग्यास मापन भएको देखाएको छ। हरित गृह प्रभावका प्रमुख कारक कार्बनडाइअक्साइड, मिथेन र नाइट्रस अक्साइडको मात्रा सन् २०२१ मा अहिलेसम्मकै उच्च पाइएको विश्व मौसम संगठन डब्लुएमओको प्रतिवेदन छ।
शक्तिशाली ग्यास मिथेनको मात्रा पनि ४० वर्षयताकै उच्च पाइएको प्रतिवेदनले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
