संसद्को शून्य र विशेष समयमा महिला सांसदले सक्रिय सहभागिता जनाए पनि सञ्चारमाध्यमले त्यसलाई समाचार नबनाएको सभामुख घिमिरेको भनाइ छ।
काठमाडौँ– सभामुख देवराज घिमिरेले सञ्चारमाध्यमले मिडिया चर्चित नेता र चर्चामा आएका विषयवस्तुलाई मात्रै प्राथमिकता दिएको बताएका छन्।
संसद्को शून्य र विशेष समयमा महिला सांसदले सक्रिय सहभागिता जनाए पनि सञ्चारमाध्यमले त्यसलाई समाचार नबनाएको उनको भनाइ छ। प्रेस काउन्सिलद्वारा काठमाडौँमा आयोजित ‘मिडियामा महिलाका सवाल’ विचार गोष्ठीमा सभामुख घिमिरेले महिलाको सहभागिता र सक्रियता अनुसारको प्रचार हुन नसकेको बताएका हुन्।
“संसद् र अन्य संघसंस्थामा पनि महिला सांसदले सक्रिय सहभागिता जनाइरहनुभएको छ,” उनले भने, “तर, त्यसले समाचारमा जति स्थान पाउनुपर्ने हो त्यति पाएको जस्तो लाग्दैन। सञ्चारमाध्यमले विशेष नेता र चर्चामा आएका विषयवस्तु बाहेकका समाचार खासै बनाएनन्।”
विषयवस्तुमा केन्द्रित भएर समाचार प्रकाशन र प्रशारण हुनुपर्ने उनको धारणा छ। “ खास नेताहरू बोल्ने दिन छ भने मिडियाको उपस्थिति देखिन्छ। नभए करिब शून्य जस्तै हुन्छ,” सभामुख घिमिरेले भने, “संसद्लाई प्रभावकारी बनाउन पनि भूमिका खेलिदिनुपर्या।”
महिला सांसदलाई सञ्चारमैत्री बनाउन संसद् सचिवालयले काम गरिरहेको उनको भनाइ छ। विगतमा रोकिएको मिडिया सम्बन्धी विधेयकलाई विस्तृत छलफल र अध्ययन गरी अघि बढाउने दिशामा जानुपर्नेमा सभामुख घिमिरेको जोड छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
