काठमाडौँ- प्रदेश १ को नाम कोशी प्रदेश राख्ने प्रस्ताव बहुमतले पारित भएको छ।
बुधबार प्रदेशसभाको दुई तिहाइभन्दा बढी मतले प्रदेशको नाम कोशी पारित गरेको हो।
कोशी प्रदेशको पक्षमा ८२ तथा विपक्षमा ४ मत परेको छ। त्यस्तै, ६ जना भने मतदान प्रक्रियामा अनुपस्थित रहे।
नेकपा एमालेले संसद् सचिवालयमा आज बिहान प्रदेशको नाम कोशी हुनुपर्ने प्रस्ताव दर्ता गरेको थियो। उक्त प्रस्तावको पक्षमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र राप्रपाले समर्थन गरेका हुन्।
कोशी प्रदेशको प्रस्तावमाथि नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्रकुमार राई र कमल जवेगुले ‘किरात लिम्बुवान सगरमाथा’ नामको संशोधन प्रस्ताव दर्ता गरेका थिए। तर संशोधन प्रस्ताव बहुमतले अस्वीकृत भएको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
