राष्ट्रपति निर्वाचनका लागि गठबन्धन गरेका आठ दलका सांसदका लागि अभिमुखीकरण कार्यक्रम गरिने भएको छ।
काठमाडौँ- नेपाली कांग्रेसको संयोजन र व्यवस्थापनमा आठ राजनीतिक दलका प्रतिनिधिसभा र राष्ट्रियसभा सदस्यलाई राष्ट्रपति निर्वाचन केन्द्रित अभिमुखीकरण कार्यक्रम गरिने भएको छ।
भोलि फागुन १८ गते दिउँसो १ बजे नयाँ बानेश्वर तीनकुनेस्थित रोयल ब्याङ्क्वेटमा कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा), नेकपा (एकीकृत समाजवादी), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), जनमत पार्टी, राष्ट्रिय जनमोर्चा र नागरिक उन्मुक्ति पार्टीका सांसदहरूका लागि अभिमुखीकरण कार्यक्रम गरिने तय भएको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
आठ दलको समर्थनमा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रपति पदमा उम्मेदवारी दिएका छन् भने नेकपा (एमाले)का तर्फबाट उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले राष्ट्रपतिमा उम्मेदवारी दिएका छन्।
राष्ट्रपतिको निर्वाचन यही फागुन २५ गते हुँदैछ ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
