सन् २०२० को जुलाई देखि लागू भएको अनिवार्य मास्कको नियम पालना नगर्नेले ६४० डलरसम्म जरिबाना तिर्नुपर्ने थियो।
हङकङले करिब तीन वर्षपछि अनिवार्य मास्कको नियम हटाएको छ। विश्वमै सबैभन्दा लामो समयसम्म मास्क अनिवार्य गरेको हङकङले ९४५ दिनपछि नियम हटाएको हो।
कोरोना भाइरस नियन्त्रण भएको र पुनः देखा पर्ने प्रमुख संकेत नभएका कारण मास्कको नियम हटाइएको हङकङका नेता जोन लीले जनाए। हङकङ सामान्य रूपमा फर्किएका तथा अबका दिनमा अर्थतन्त्र र विकासमा पूर्ण क्षमतामा अघि बढ्ने नेता लीले बताए।
यसअघि सन् २०२० को जुलाई देखि लागू भएको अनिवार्य मास्कको नियम पालना नगर्नेले ६४० डलरसम्म जरिबाना तिर्नुपर्ने थियो। कोरोना संक्रमण नियन्त्रणमा केन्द्र सरकार चीनको जस्तै नीति अवलम्बन गरेको हङकङले शून्य कोभिडको नीति समेत अपनाएको थियो। यीमध्ये अधिकांश नियम गत वर्ष नै हटाए पनि अनिवार्य मास्कको नियम भने चलिरहेकै थियो।
यसैबीच, जापानले पनि मार्च १३ देखि मास्क लगाउने नियम खुकुलो पार्ने जनाएको छ। तर व्यस्त समयमा रेल, बस तथा सार्वजनिक यातायातमा यात्रा गर्नेहरूलाई मास्क अनिवार्य गर्ने बताएको छ। जापानमा कहिल्यै पनि मास्क अनिवार्य गरिएको थिएन।
अधिकांश मानिसले अझै पनि मास्क लगाउन छाडेका छैनन्। दक्षिण कोरियामा भने सार्वजनिक यातायात, अस्पताल र फार्मेसीमा अझै पनि मास्क अनिवार्य छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
