एमाले सांसद रामबहादुर मगर प्रस्तावक तथा एमालेकै निरन राई, विदुरकुमार लिङ्थेप र कांग्रेसका भूमिप्रसाद राजवंशी समर्थक रहेका छन्।
काठमाडौँ– प्रदेश १ को नाम ‘कोशी’ राख्ने प्रस्ताव बुधबार प्रदेशसभा सचिवालयमा दर्ता भएको छ।
प्रस्तावमा एमाले सांसद रामबहादुर मगर प्रस्तावक तथा एमालेकै निरन राई, विदुरकुमार लिङ्थेप र कांग्रेसका भूमिप्रसाद राजवंशी समर्थक रहेका छन्।
यसअघि सभामुख बाबुराम गौतमले दिउँसो १ बजेसम्म प्रदेश नामकरणका लागि प्रदेशसभा सचिवालयमा प्रस्ताव दर्ताको आह्वान गरेका थिए। उक्त प्रस्ताव आजै बस्ने प्रदेशसभा बैठकमा पेश गर्ने संसद् सचिवालयले जनाएको छ।
बैठकले प्रस्ताव पारित गर्ने र प्रदेशले नाम पाउने कांग्रेसका प्रमुख सचेतक भुपेन्द्र राईले बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
