विशेष कारणवश सभामुखले प्रतिनिधिसभा बैठक चैत ५ गतेसम्मका लागि स्थगित गर्ने निर्णय गरेको संसद्का महासचिव डा.भरतराज गौतमले जारी गरेको सूचनामा उल्लेख छ।
काठमाडौँ– प्रमुख प्रतिपक्षको बेन्चमा को बस्ने भन्ने विवाद भएपछि प्रतिनिधिसभाको बैठक १८ दिनसम्मका लागि स्थगित भएको छ।
नेपाली कांग्रेस र नेकपा एमाले दुवैले आफू प्रमुख प्रतिपक्षको बेन्चमा बस्ने दाबी गरेपछि चैत ५ गतेसम्मका लागि स्थगित भएको हो। प्रतिनिधि सभाको बैठक बुधबार दिउँसो एक बजे बस्ने तयारी थियो। तर, कांग्रेस र एमाले दुवैले आफूहरू प्रतिपक्षको बेन्चमा बस्ने जानकारी संसद् सचिवालयलाई गराएको स्रोतले जनाएको छ।
त्यसपछि दलहरूसँगको समन्वयमा संसद् सचिवालयले सूचना जारी गरेर बैठक स्थगित गरेको हो। विशेष कारणवश सभामुखले प्रतिनिधिसभा बैठक चैत ५ गतेसम्मका लागि स्थगित गर्ने निर्णय गरेको संसद्का महासचिव डा.भरतराज गौतमले जारी गरेको सूचनामा उल्लेख छ।
सरकारलाई समर्थन गरे पनि कांग्रेस अहिले प्रमुख प्रतिपक्षी बेन्चमा बसिरहेको छ। उता वर्तमान सरकारमा सहभागी भएको एमालेले गएको सोमबार समर्थन फिर्ता लिएको थियो। सरकारबाट फिर्ता भएपछि एमालेले प्रमुख प्रतिपक्षमा दाबी गरिरहेको छ। कांग्रेसले विश्वासको मत दिएको तर आफूले फिर्ता लिएको भन्दै प्रमुख प्रतिपक्ष आफू भएको दाबी एमालेको छ।

Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
