केपी ओली कप : आयोजक केपी एफसीलाई पराजित गर्दै मछिन्द्र फाइनलमा

आयोजक केपी एफसीलाई पराजित गर्दै मछिन्द्र फुटबल क्लब केपी ओली कपको फाइनलमा पुगेको छ।

काठमाडौँ- आयोजक केपी एफसीलाई पराजित गर्दै मछिन्द्र फुटबल क्लब केपी ओली कपको फाइनलमा पुगेको छ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार सम्पन्न दोस्रो सेमिफाइनलमा केपी एफसीलाई १–० गोल अन्तरले पराजित गर्दै मछिन्द्र फाइनलमा पुगेको हो। मछिन्द्रको जितमा विमल घर्तीमगरको गोल निर्णायक रह्यो।

विमलले खेलको १९औँ मिनेटमा रञ्जित धिमालको पासमा गोल गरेका थिए। अब मछिन्द्रले उपाधिका बुधबार सातदोबाटो युथ क्बलसँग खेल्ने छ। खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा हुने छ।

पहिलो सेमिफाइनलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई सडनडेथमा ६–५ गोल अन्तरले पराजित गर्दै सातदोबाटो फाइनलमा प्रवेश गरेको थियो।