मानन्धर समुदायले रंगीचंगी ध्वजासहितको चीर ठड्याएर र एक अर्कालाई अबिर दलेर होली पर्व शुरू भएको जनाउ दिएका हुन्।
काठमाडौँ– काठमाडौँको वसन्तपुरस्थित हनुमानढोका दरबारमा तीनतले चीर ठड्याइएको छ।
वसन्तपुरस्थित हनुमानढोका दरबारको गद्दी बैठकको दक्षिणतर्फ सोमबार तीनतले चीर ठड्याएपछि देशभर फागु (होली) पर्व शुरू भएको मान्ने गरिन्छ। बिहान ७:४५ बजेको साइतमा मानन्धर समुदायले रंगीचंगी ध्वजासहितको चीर ठड्याएर र एक अर्कालाई अबिर दलेर होली पर्व शुरू भएको जनाउ दिएका हुन्।
पशुपति, हनुमान ढोका दरबारको सुन्दरी चोक, ललितपुरको पाटन दरबार क्षेत्रको कृष्ण मन्दिर प्रांगणमा पनि आजै रंगीचंगी कपडा झुन्ड्याउने चलन छ। असत्यमाथि सत्यको जितका रूपमा चीर ठड्याइएको मानन्धर समुदायका सदस्य गजेन्द्र मानन्धरले बताए। “चीरको महत्त्व परापूर्व कालदेखि नै छ।
असत्यमाथि सत्यको जितको रूपमा मनाउने गरिन्छ। यो ठड्याइसकेपछि विधिवत् रूपमा होली शुरू हुन्छ। यो चीर मानन्धर समुदायको परम्परा हो,” उनले भने। यस वर्षको होली पर्वको मुख्य दिन फागुन २२ र २३ गते परेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
