मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना

प्रदेश १, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

काठमाडौँ– हाल पश्चिमी वायुको सामान्य प्रभावले देशको पहाडी भागको मौसममा सामान्य बदली रहेको छ।

प्रदेश १, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। दिउँसो पनि पहाडी भागमा आंशिकदेखि सामान्य बदली हुने सम्भावना छ।

प्रदेश १, बागमती र गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी भागमा मेघ गर्जन र चट्याङसहित वर्षा हुने महाशाखाले जनाएको छ। यस्तै देशको उच्च पहाडी तथा हिमाली भागमा हल्का हिमपातको सम्भावना छ।

मेघ गर्जनसहित वर्षा र हिमपात हुने भएकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।