सांसद पौडेलले मेलम्चीबाट आएको भनिएको १७ करोड लिटर पानी नयाँ आपूर्ति सञ्जाल बन्न नसकेको कारण ५० प्रतिशत चुहावटमा रहेको बताए।
काठमाडौँ– नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले काठमाडौँ उपत्यकामा खानेपानीको भयावह अवस्थाको अन्त्य गर्न सरकारको योजना संसद्मा पेस गर्न माग गएका छन्।
शुक्रबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद पौडेलले सरकारले काठमाडौं उपत्यकामा खानेपानीको अभाव पूर्ति गर्न बनाएको योजना संसद्मा पेस गर्न माग गरेका हुन्। उनले खानेपानी राज्यको अभिभारा एक घर एक धारा’ नारा भए पनि काठमाडौँ उपत्यकाको करिब ६५ प्रतिशत घरका धारामा पानी नआउने बताए।
उनले सरकारले पानी नआउने धारा राखेबापत शुल्क भने नियमित लिइरहेको बताए। उनले काठमाडौँमा धेरै जमिनमुनिको पानी र ट्याङकरको पानी प्रयोग गरेर पानीको आवश्यकता पूरा गर्नुपर्ने बाध्यता रहेको बताए। सांसद पौडेलले मेलम्चीबाट आएको भनिएको १७ करोड लिटर पानी नयाँ आपूर्ति सञ्जाल बन्न नसकेको कारण ५० प्रतिशत चुहावटमा रहेको बताए।
“काठमाडौँमा दैनिक ४७ करोड लिटर पानी आवश्यक पर्छ। खानेपानीको भयावह अवस्थाको अन्त्य गर्नको निम्ति सरकारको योजना के छ तत्काल संसद्मा पेस गरियोस्“, उनले भने।
त्यस्तै, कांग्रेसका सांसद तथा उपसभापति धनराज गुरुङले भ्रष्टाचारीलाई कारबाही गरेर आर्थिक सुशासन कायम गर्न सरकारसँग माग गरे। उनले मुलुक चरम आर्थिक संकटबाट गुज्रिएसँगै आर्थिक बेथितिबाट आक्रान्त भएको बताए। उनले आर्थिक संकट मोचनका लागि आर्थिक सुशासन कायम गर्न ठूलाठूला भ्रष्टाचार काण्डको छानबिन हुनुपर्ने आवश्यकता औँल्याए।
त्यस्तै, नेपाली कांग्रेसकी सांसद नागिना झाले स्थानीय सरकारलाई इन्धनबाट चल्ने सवारीको विकल्पमा विद्युतीय सवारी साधन सञ्चालनमा ल्याउन सुझाव दिइन्। उनले ७५३ वटा स्थानीय तहले वार्षिक इन्धन खर्च मात्रै करिब ६० देखि ७० लाख औसतमा खर्च भइरहेको बताइन्। इन्धन खर्चको विकल्पमा विद्युतीय सवारीमा प्रयोगमा ल्याउन सके वार्षिक ४ खर्ब रुपैयाँ बचत हुने र बचत भएको रकम विकास खर्चमा प्रयोग गर्न सकिने उनको भनाइ छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
