इंग्लिस प्रिमियर लिगमा शीर्ष स्थानको आर्सनलभन्दा पाँच अंकले पछाडि रहेको म्यान्चेस्टर युनाइटेड लिग कपको फाइनलमा पुगिसकेको छ।
काठमाडौँ– स्कटल्यान्डका प्रशिक्षक एलेक्स फर्गुसनले इंग्लिस क्लब म्यान्चेस्टर युनाइटेडलाई के मात्रै जिताएनन्रु करिब २७ वर्ष युनाइटेड सम्हालेका उनले युनाइटेडलाई दुई पटक च्याम्पियन्स लिगको उपाधि जिताए।
सुपर कप, इन्टरकन्टिनेन्टल कप र फिफा क्लब विश्वकपको उपाधि पनि जिताए। तर, सन् २०१३ मा फर्गुसनले प्रशिक्षणबाट सन्यास लिएपछि युनाइटेडले आफ्नो पुरानो लय गुमाउँदै गयो र कमजोर बन्न पुग्यो। यसबीचमा युनाइटेडले सन् २०१७ मा युरोप लिगबाहेक कुनै पनि प्रतियोगिताको उपाधि जित्न सकेन।
तर, फर्गुसनले क्लब छाडेको करिब एक दशकपछि युनाइटेडले पुनराेदयको संकेत देखाएको छ। अहिले युनाइटेडलाई एकै सिजनमा चार उपाधि हात पार्ने मौकासमेत जुरेको छ। इंग्लिस प्रिमियर लिगमा शीर्ष स्थानको आर्सनलभन्दा पाँच अंकले पछाडि रहेको युनाइटेड लिग कपको फाइनलमा पुगिसकेको छ। युनाइटेडले आइतबार लिग कपको फाइनलमा न्यूक्यासलको सामना गर्ने छ।

यो प्रतियोगितामा न्यूक्यासललाई पराजित गरे उसको ६ वर्षदेखिको उपाधि खडेरीको यात्रा पनि समाप्त हुने छ। यस्तै युनाइटेड एफए कप र युरोपा लिगको अन्तिम १६ मा पुगेको छ। युनाइटेडले बिहीबार घरेलु मैदान ओल्ड ट्राफोर्डमा युरोपा लिगको नकआट राउन्डको प्लेअफ (अन्तिम ३२) मा क्याटलान क्बल बार्सिलोनालाई पराजित गर्यो।
गत बिहीबार बार्सिलोनाको घरेलु मैदान क्याम्प नोउमा भएको पहिलो लेगमा २–२ को रोमाञ्चक बराबरीको खेलेको युनाइटेडले २–१ गोलअन्तरको जित दर्ता गर्न सफल भयो।
खेलको १७औँ मिनेटका रोबर्ट लेवान्डोस्कीले पेनाल्टीमार्फत् गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए। तर, बार्सिलोनाले त्यो अग्रता जोगाउन सकेन। ४७औँ मिनेटमा फ्रेड र ७३औँ मिनेटमा एन्टोलनीले गोल गर्दै युनाइटेडको अन्तिम १६ यात्रा पक्का गरे।
सन् २००८ मा च्याम्पियन्स लिगअन्तर्गत सेमिफाइनलको दोस्रो लेगमा १–० ले विजयी भएपछि युनाइटेड बार्सिलोनाविरुद्ध विजयी भएको यो नै पहिलो पटक हो। बार्सिलोनाका प्रशिक्षक जाभी हर्नान्डेजले यो पराजयलाई स्मरण गरिने बताउँदै युनाइटेडको मुक्त कन्ठले प्रशंसा गर्नसमेत भ्याए।

खेलपछि बोल्दै जाभीले युनाइटेड हाल राम्रो लयमा रहेको बताए। "दोस्रो हाफमा युनाइटेड निकै तीव्र थियो," उनले भने, "उनीहरू अहिले धेरै राम्रो फर्ममा छन्।" जाभीको तारिफबाट फ्रफुल्लित बनेका युनाइटेडका मुख्य प्रशिक्षक एरिक टेन ह्याग पनि ठूला टोलीलाई हराउन सक्नेमा आफू विश्वस्त रहेको बताउँछन्। इंग्लिस प्रिमियर लिगमा म्यान्चेस्टर सिटी र आर्सनलका साथै युरोपा लिगमा बार्सिलोनालाई पराजित गरेको उदाहरण दिँदै उनले आफ्नो क्षमता प्रस्तुत गरिसकेको बताए।
"युनाइटेडसँग अहिलेको लय जारी राख्ने क्षमता छ। हामीले बार्सिलोना, सिटी र आर्सनलजस्ता ठूला टोलीलाई पराजित गर्न सक्यौँ," उनी भन्छन्, "यदि अनुशासन र दृढतालाई कायम राख्ने हो भने ठूला टोलीविरुद्ध विजयी हुन सकिन्छ।"
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
