सन्दीप लामिछाने माथि लगाइएको विदेश भ्रमणको प्रतिबन्ध फुकुवा गर्न माग गर्दै उनका वकिल सरोज घिमिरेले सर्वोच्चमा निवेदन दिएका छन्।
काठमाडौँ- क्रिकेटर सन्दीप लामिछाने माथि लगाइएको विदेश भ्रमणको प्रतिबन्ध फुकुवा गर्न माग गर्दै उनका वकिल सरोज घिमिरेले सर्वोच्च अदालतमा निवेदन दिएका छन्।
घिमिरेका अनुसार सर्वोच्चमा बिहीबार निवेदन दर्ता गरिएको हो।
बिहीबार दायर गरिएको निवेदनको पेसी शुक्रबारका लागि तोकिएको घिमिरेले बताए। निवेदनमा लामिछानेमाथि लागेको विदेश भ्रमण रोक फुकुवा गर्न माग गरिएको छ।
सन्दीपविरुद्ध गत भदौ २१ गते प्रहरी वृत्त गौशालामा एक नाबालिगलाई बलात्कार गरेको उजुरी परेको थियो। उनीविरुद्ध भदौ २३ गते काठमाडौँ जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको थियो।
असोज ६ गते नेपाल फर्किएपछि उनी सोही अभियोगमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका थिए। त्यसपछि उनलाई जिल्ला अदालत काठमाडौँले पुर्पक्षका लागि केन्द्रीय कारागार सुनधारामा थुनामा पठाएको थियो। तर, पुस २९ गते उच्च अदालत, पाटनले सन्दीपलाई २० लाख धरौटीमा सर्तसहित रिहा गर्न आदेश दिएको थियो।
अदालतले उनलाई काठमाडौँ उपत्यका छाड्नुअघि जिल्ला प्रहरी परिसर काठमाडौँबाट अनुमति लिनुपर्ने सर्त राखेको छ। त्यस्तै, अनुमति पाएपनि काठमाडौँ छाड्ने र फर्किने मितिका साथै बस्ने स्थान खुलाउनुपर्ने लगायत सर्त अदालतको छ। कुनै पनि सर्त उल्लंघन भए उनी पक्राउ पुनः थुनामा पर्नेछन्।
अदालतले सन्दीपलाई विदेश जान रोक लगाएपछि नेपाल क्रिकेट संघ (क्यान)ले आईसीसी विश्वकप लिग–२ अन्तर्गत यूएईमा आयोजना हुने त्रिकोणात्मक ओडीआई सिरिजका लागि उनलाई सहभागी गरेको छैन।
यद्यपि, क्यानले गत शुक्रबार यूएईमा हुने प्रतियोगिताका लागि सन्दीपलाई लैजान आवश्यक पहल गरिदिन राष्ट्रिय खेलकुद परिषद् (राखेप)लाई आग्रह गरेको थियो। तर, उच्च अदालत, पाटनले सन्दीपलाई विदेश जान रोकेको भन्दै राखेपले क्यानको पत्र दर्ता नै नगरी आफ्नो क्षेत्राधिकारभित्र नपर्ने बताउँदै फिर्ता पठाइदिएको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
