एमाले अध्यक्ष ओली र भारतीय राजदूत श्रीवास्तवबीच भेट*

देशमा राष्ट्रपति निर्वाचनको सरगर्मी बढेको बेला नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र भारतीय राजदूत नवीन श्रीवास्तवबीच छलफल भएको छ।

काठमाडौँ- नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीच आज भेट भएको छ। 

बालकोटस्थित अध्यक्ष ओली निवास पुगेका राजदूत श्रीवास्तव र ओलीबीच दुईदेशीय मैत्रीपूर्ण सम्बन्ध र वर्तमान राजनीतिक परिवेशका बारेमा छलफल भएको ओलीको सचिवायलले जानकारी दिएको छ। 

करिब एक घण्टा भएको छलफलमा भारतीय राजदूत श्रीवास्तवले राष्ट्रपति निर्वाचनका बारेमा समेत चासो लिएका थिए।


*राससको यो समाचार सत्य नभएको केपी शर्मा ओलीको सचिवालयको दाबी छ। -सं.