नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले राष्ट्रपतिमा माओवादीले कांग्रेसलाई सघाउनेबारे औपचारिक निर्णय नभएको बताएका छन्।
काठमाडौँ- नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले राष्ट्रपतिमा कांग्रेसलाई माओवादीले सघाउने विषयमा औपचारिक निर्णय भइनसकेको बताएका छन्।
उनका अनुसार बुधबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा कांग्रेस सभापतिसहितका पदाधिकारीहरूले प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई राष्ट्रपतिमा सघाउने निर्णय औपचारिक रूपमै गर्न आग्रह गरेका थिए। तर, दाहालले आफूले राष्ट्रिय सहमतिका आधारमा राष्ट्रपति निर्वाचित होस भन्ने चाहेको भए पनि यसबारे निर्णय लिन हतार गर्न उपयुक्त नहुने प्रतिक्रिया दिएका थिए।
“दाहालले राष्ट्रिय सहमतिका आधारमा निर्वाचन गर्ने भनेकाले हामीले विश्वासको मत दिएको कुरा उहाँले सम्झायौँ। उहाँले त्यो साँचो भएको कुरा पनि स्विकार्नु भयो। तर, राष्ट्रपतिमा कसलाई सघाउने भन्नेबारे उपयुक्त समयमा निर्णय लिन्छु भन्नुभयो। त्योसँगै भोलि फेरी छलफल गर्नेगरी हामी छुट्टियौँ,” उनले भने।
खड्काका अनुसार दाहालले अझै राष्ट्रपतिको विषयलाई लिएर सत्ता गठबन्धनका अन्य दलहरूसँग छलफल गर्न बाँकी रहेकाले भोलिसम्म यसबारे निर्णय लिने बताएका थिए। त्यसअघि नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल पार्टीका अन्य पदाधिकारीसहित आफ्नो पार्टीले राष्ट्रपति निर्वाचनका लागि सहयोग माग्ने निर्णय गरेको भन्दै त्यसमा सहयोग गर्न कांग्रेस सभापति देउवालाई आग्रह गर्न धुम्बाराही पुगेका थिए।
“माधव जीले सभापतिलाई भेटेर हाम्रो पार्टीले पनि राष्ट्रपतिमा सहयोग माग्ने निर्णय गरे बमोजिम सहयोग गर्नुपर्यो भनेर आग्रह गर्नुभयो,” उनले भने,“सभापति देउवाले उल्टै माधवजीसँग राष्ट्रपति कांग्रेसलाई सघाउन आग्रह गर्नुभएको थियो।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
