धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा परिचित कालिका मन्दिरको जीर्णोद्धार २६ लाख रुपैयाँ खर्च भएको छ।
गलकोट– धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा परिचित बागलुङको कालिका मन्दिर जीर्णोद्धार गरिएको छ। ताम्रपत्रले मन्दिर छाइएको छ भने कलात्मक इँटाको प्रयोग गरेर मन्दिरलाई थप आकर्षक बनाइएको छ।
धार्मिक संरचना कङ्क्रिटमय बनेको तथा केही संरचनाले मन्दिरको सौन्दर्यतामा समस्या ल्याएको भन्दै कालिका मन्दिर गुठी व्यवस्थापन समितिले मन्दिर र मन्दिर क्षेत्रलाई रूपान्तरण गर्न रणनीतिक योजना बनाएको हो। मन्दिरका अन्य सहायक संरचना सत्तल, हवन कुण्डलगायत निर्माणाधीन छन्।
दुई महिना लगाएर ताम्रपत्र मर्मतलगायत काम गरिएको समितिका अध्यक्ष कुमार खड्काले बताए। मन्दिरको बाहिरी संरचनामा कलात्मक इँटाको प्रयोग गरिएको छ। पञ्चवर्षीय रणनीतिक सुधार कार्यक्रमअन्तर्गत काम भइरहेको उनले बताए। अन्य संरचना पुरातात्त्विक शैलीमा निर्माण गर्ने तयारी छ।
“मन्दिरको भित्री संरचना जीर्ण भएको थियो, तामाको छानो चुहिने भएपछि जीर्णोद्धारसँगै मर्मत सम्भार गरिएको हो,” उनले भने, “मन्दिरको पूर्वपट्टिको सत्तल र हवन अग्निकुण्डलाई आकर्षक बनाइँदै छ। सिमेन्ट र ढुंगाजडित संरचना हटाएर कलात्मक काठ र धातुको प्रयोग गरिने खड्काको भनाइ छ।
२६ लाख रुपैयाँ लागतमा मन्दिरको जीर्णोद्धार गरिएको हो। सत्तल निर्माणमा ७० लाख र हवनकुण्ड बनाउन १३ लाख रुपैयाँ लाग्ने समितिको अनुमान छ। मन्दिर जीर्णोद्वारपछि चिटिक्क देखिएको छ।
मन्दिर तथा अन्य संरचना निर्माण गर्दा काष्ठकला, धातु तथा अन्य पुरातात्त्विक वस्तुको प्रयोगलाई प्राथमिकतामा राखिने समितिले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
