संस्कृतिविद् डा. जगमान गुरुङले नेपाली समाज विकृत रूपमा अघि बढेको बताएका छन्।
काठमाडौँ- संस्कृतिविद् डा. जगमान गुरुङले नेपाली समाज विकृतिले भरिन थालेको बताएका छन्।
मंगलबार काठमाडौँमा आयोजित दोलखाको चरणावती तीर्थबारे छलफल कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।
उनले नेपाली समाज विकृत रूपमा अघि बढिरहेकाले समाजलाई सच्याएर अघि बढाउनुपर्ने अवस्था रहेको बताए।
नेपालीहरूले पुरानो संस्कृति र संस्कार बिर्सिसकेकाले यसलाई पुनः उजागर र प्रवर्द्धनको आवश्यकता रहेको उनले बताए। संस्कृतिविद् गुरुङले नेपाली समाजलाई विदेशीहरूले हेर्न आउने लायक बनाउनुपर्नेमा जोड दिए।
उनले नेपाल राजनीतिक वर्गले आम मानिसको मस्तिष्कको सदुपयोग गर्न नसकेको बताए। नेपाली समाजमा छाडा संस्कृति हाबी भइरहेको बताउँदै उनले भने, “अहिले नेपालमा नेपालीहरूले मान्छेलाई चिनेका छैनन्। मान्छेको दिमागको सदुपयोग गर्न सकेका छैनन्। प्राध्यापक डाक्टर पीताम्बर शर्मालाई योजना आयोगको उपाध्यक्ष बनाइयो तर माथिको दबाबका कारण म काम गर्न सक्दिन भनेर राजीनामा दिनुभयो। मानिसको दिमाग कुहिएको छ, दिमागलाई नेपालका राजनीतिक वर्गले सदुपयोग गर्न सकेको छैन।”
त्यस्तै, उनले अहिले बुढाबुढी गाउँमा, छोराछोरी शहरमा र नातिनातिना होस्टेलमा बस्ने चलन शुरू भएकाले तीन पुस्ताको भेट नै हुन नपाएको बताए। यसले संस्कृतिको हस्तान्तरणमा समस्या सिर्जना भएको उनको कथन थियो।
त्यस्तै, उनले सम्पूर्ण शास्त्र गौरीशंकर हिमालबाट उत्पत्ति भएकाले गौरीशंकर हिमालको उजागर गर्न आवश्यक रहेको बताए। कालिन्चोकलाई शक्तिकेन्द्रको रूपमा स्थापित गर्नुपर्ने बताउँदै उनले कालिन्चोक, चरणावती तीर्थ, दोलखा भीमसेन र गौरीशंकर हिमाल र च्छो रोल्पा हिमालको प्रचारप्रसार गर्नसके मानसरोवर र कैलाश जाने तीर्थयात्री गौरीशंकर र च्छो रोल्पामा आउने बताए ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
