नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक रेवती नेपालले लघुवित्त संस्थालाई लाभांश वितरणमा कडाइ गरे मात्रै धेरै समस्या समाधान हुने बताएका छन्।
काठमाडौँ– नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक रेवती नेपालले राष्ट्र बैंकले लघुवित्तबाट एउटै व्यक्तिले धेरै ऋण लिन नपाउने प्रावधान ल्याउन लागेको बताएका छन्। सोमबार आर्थिक पत्रकार समाज (सेजन)ले काठमाडौँमा आयोजना गरेको संकटमा लघुवित्त, कारण र समाधान विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै कार्यकारी निर्देशक नेपालले यस्तो बताएका हुन्।
उनले पछिल्लो समय धेरै लघुवित्तमा सदस्य भएर एउटै व्यक्तिले धेरै संस्थाबाट ऋण लिएर समस्यामा परेको पाइएकाले अब निर्देशिकामार्फत कडाइ गर्ने तयारी भइरहेको बताए। “लघुवित्तमा ३३ लाख ऋणी रहेका छन्। प्रत्येकको फाइल हेर्न सकिँदैन। त्यो लघुवित्तले हेर्ने हो। राष्ट्र बैंक लघुवित्तको एउटैमा मात्रै समावेश हुने, नभए तीनभन्दा बढी संस्थामा संगलन हुन नपाउने भनेर चाँडै निर्देशन जारी गर्ने प्रक्रियामा छ”, उनले भने।
उनले लघुवित्त संस्थालाई लाभांश वितरणमा कडाइ गरे मात्रै धेरै समस्या समाधान हुने उल्लेख गरे। उनले वित्तीय साक्षरताको कमीले पनि ऋणको उपयोग हुन नसकेको बताए।

उनले स्थानीयस्तरमा लघुवित्तका कर्मचारीले आफ्नो व्यवहार सुधार्नुपर्ने आवश्यक औँल्याए। नेपालले लघुवित्त संस्थाका कर्मचारी बिहान १० बजेभन्दा अगाडि र बेलुका ११ बजेसम्म ग्राहकको घरमा गएर यातना दिने र गाईबस्तु तान्ने, घरमा चुकुल लगाइदिने काम तत्काल बन्द गर्न आग्रह गरे। मिटरब्याजीका कारण पनि स्थानीयस्तरमा समस्या बढी बढ्दै गएको उनको भनाइ छ।
पछिल्लो समय केही ‘सेयरका खेलाडी’ लघुवित्तमा प्रवेश गरेर लघुवित्तलाई बिगारेको उनको आरोप छ। उनले कोरोना महामारी र तरलता अभावका कारण पनि लघुवित्तमा समस्या देखिएको औँल्याए।
त्यस्तै, माइक्रोफाइनान्स एसोसिएसन नेपालका अध्यक्ष जगत् पोखरेलले धेरै माइक्रोफाइनान्स भएकाले समस्या आएको बताए। उनले लघुवित्तले राष्ट्र बैंकले दिएको निर्देशनभित्र बसेर काम गर्नुपर्ने र पालना नगरे कारबाही गर्नुपर्ने बताए। उनले ग्रामीण क्षेत्रमा कसरी लगानी गरेर उत्पादन बढाउने र बजारको व्यवस्थापन गर्ने भन्ने विषयमा लघुवित्तहरू लागेको दाबी गरे।
उनले पछिल्लो समय लघुवित्तमा देखिएका समस्यालाई नजिकबाट नियाली रहेको बताउँदै उनले यी समस्या समाधान गरेर जान तयार रहेको उल्लेख गरे।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
