राष्ट्रपति निर्वाचन तथा समसामयिक राजनीतिक घटनाक्रमका विषयमा छलफल गर्न नेकपा माओवादी केन्द्रले पदाधिकारी बैठक बोलाएको छ।
काठमाडौँ- सत्ताको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रले पार्टीको पदाधिकारी बैठक बोलाएको छ।
माओवादी केन्द्रका नेता मातृका यादवले सोमबार अपराह्न साढे ४ बजे पार्टी कार्यालय पेरिसडाडामा पदाधिकारी बैठक बस्न लागेको जानकारी दिए।
“अजेन्डाका बारेमा त केही भनिएको छैन । तर, राष्ट्रपति निर्वाचन र पछिल्लो राजनीति घटनाक्रमकै विषयमा छलफल हुन्छ होला”, उनले भने, “बैठकले राष्ट्रपति निर्वाचनका विषयमा पार्टीको ठोस धारणा बनाउला।”
नेकपा माओवादी केन्द्रले राष्ट्रपति राष्ट्रिय सहमतिका आधारमा निर्वाचित गर्नुपर्ने धारणा राख्दै आएको छ। माओवादी नेताहरूले पुस १० मा भएको सहमति भन्दा राजनीति परिस्थिति फेरिएको भन्दै सहमतिका आधारमा अगाडि बढ्नुपर्ने बताइरहेका छन्। तर एमालेले भने पुस १० मा भएको सहमतिलाई नै कार्यान्वयन गरेर जानुपर्ने भनिरहेको छ।
राष्ट्रपति निर्वाचनको मिति नजिकिँदै गए पनि भावी राष्ट्रपतिको प्रस्ट तस्वीर बाहिर आइसकेको छैन।
नेपाली कांग्रेसले माओवादीसित राष्ट्रपतिमा सहयोग गर्न आग्रह गर्दै आइरहेको छ। आइतबार साँझ कांग्रेस सभापति शेर बहादुर देउवाले प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसित बालुवाटारमा भेटवार्ता गरेर राष्ट्रपतिमा सहयोग गर्न र सहकार्य गरेर जाने विषयमा औपचारिक प्रस्ताव गरेका छन्।
प्रधानमन्त्रीले पार्टी पदाधिकारी बैठक बसेर निर्णय लिने बताएका थिए। त्यसै अनुसार आज माओवादीको पदाधिकारी बैठक बस्न लागेको हो।
२५ गते हुने राष्ट्रपति निर्वाचनका लागि फागुन १३ गते उम्मेदवारी दर्ताको कार्यक्रम छ। फागुन १० गतेसम्म माओवादीलाई कांग्रेस उम्मेदवारको पक्षमा उभ्याउन कांग्रेस नेताहरूले प्रयास गरिरहेका छन्।
पुस १० मा सात दलीय गठबन्धनबाट सरकार बन्दा राष्ट्रपति नेकपा एमालेले पाउने सहमति भएको थियो। तर पुस २६ मा कांग्रेसले पनि प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएपछि राष्ट्रपतिका विषयमा नयाँ बहस भइरहेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
