उत्तर कोरियाले अन्तरमहादेशीय ब्यालेस्टिक क्षेप्यास्त्र प्रक्षेपण गरेलगत्तै अमेरिका र दक्षिण कोरियाले संयुक्त हवाई अभ्यास गरेका छन्।
काठमाडौँ– अमेरिका र दक्षिण कोरियाले आइतबार संयुक्त हवाई अभ्यास गरेका छन्। दुवै देशले अमेरिकी रणनीतिक बमरसहितको हवाई अभ्यास गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
उत्तर कोरियाले ह्वासोङ–१५ अन्तरमहादेशीय ब्यालेस्टिक क्षेप्यास्त्रको ‘आकस्मिक प्रक्षेपण अभ्यास’ गरेपछि अमेरिका र दक्षिण कोरियाले हवाई अभ्यास गरेका हुन्।
उत्तर कोरियाले शनिबार जापानको पश्चिमी तटीय क्षेत्रमा अन्तरमहादेशीय क्षेप्यास्त्र प्रक्षेपण गरेको थियो। अमेरिका र दक्षिण कोरियाको संयुक्त सैन्य अभ्यासका लागि 'कडा प्रतिरोध' जनाउन उत्तरले क्षेप्यास्त्र प्रक्षेपण गरेको रोयटर्सले जनाएको छ।
‘शत्रु पक्ष’बाट हुने ‘घातक परमाणु बम आक्रमण’को प्रतिवाद गर्न आफू सक्षम भएको प्रमाण स्वरूप क्षेप्यास्त्र प्रक्षेपण गरेको उत्तर कोरियाली सरकारी मिडिया केसीएनले जनाएको छ।
अभ्यासमा दक्षिण कोरियाका एफ–थ्रीफाइभए, एफ–फिफ्टीनके र अमेरिकी एफ–१६ लडाकु विमानले अमेरिकी बी–वानबीको एस्कोर्टिङ गरेको दक्षिण कोरियाका संयुक्त कर्मचारीका प्रमुखले बताएका छन्। यसले दुई मित्रराष्ट्रको सुरक्षा क्षमता र प्रतिवादको तत्परको अवस्थालाई देखाएको उनले बताए।
दक्षिण कोरियाली सेनाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “यो अभ्यास दुई देशको संयुक्त अभ्यास क्षमता, कोरियन प्रायद्वीपको सुरक्षार्थ प्रतिबद्धता र विस्तारित प्रतिरोध रोक्ने प्रयासको बलियो साथ हो।”
यसैबीच, जापान र अमेरिकाले पनि आइतबार संयुक्त हवाई अभ्यासको तयारी गरेको जापानी मिडिया फुजी न्युज नेटवर्कले जनाएको छ।
शनिबार उत्तरको कोरियाले प्रक्षेपण गरिएको क्षेप्यास्त्र समुद्रमा ९८९ किलोमिटरको दूरीमा आक्रमण गर्नुपूर्व ५ हजार ७६८ किलोमिटरको दूरीको उचाइमा १ घण्टा ६ मिनेट ५५ सेकेन्डसम्म उडेको केसीएनएले जनाएको छ।
उत्तरले सन् २०१७ मा ह्वासोङ–१५ क्षेप्यास्त्रको परीक्षण प्रक्षेपण गरेको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
