सभामुख देवराज घिमिरेले देशलाई थुप्रै ऐन-कानून आवश्यक देखिए पनि संसद्को ध्यान कानून निर्माणतिर जान नसकेको बताएका छन्।
काठमाडौँ- सभामुख देवराज घिमिरेले संसद्को ध्यान ऐन, कानून बनाउनेतर्फ जान नसकेको बताएका छन्।
आइतबार अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले आयोजना गरेको नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ विमोचन समारोहलाई सम्बोधन गर्दै सभामुख घिमिरेले ऐन, कानून बनाउनेतर्फ संसद्को ध्यान जान नसकेको बताएका हुन्।
देशमा धेरै ऐन, कानूनहरू बनाउनुपर्ने आवश्यक भए पनि त्यसो हुन नसकेको उनको जिकिर थियो। बनेका ऐनहरूको कार्यान्वयनको अवस्थाका सन्दर्भमा निष्पक्ष ढंगले अनुगमन हुन नसकेको बताउँदै उनले सरकारले सांसदलाई उचित ढंगले नहेरेको बताए।
सभामुख घिमिरेले कतिपय कुरा न्यायपालिकामा गएर पनि काममा अवरोध खडा भएको बताए। उनले कार्यपालिका र व्यवस्थापिकाका बिचमा समन्वय हुनुपर्ने बताए।
ऐन, कानून कार्यान्वयनमा देखिएका समस्याको समाधान खोज्नुपर्ने र कार्यपालिकालाई व्यवस्थित गर्नुपर्नेमा उनको जोड थियो।
उनले भने, “अहिले हाम्रो देशमा धेरै कुराहरू त ऐन, कानून बन्ने कुरामा अभाव नै देखिएको छ। यद्यपि हामीले धेरै ऐन बनाउने काम गरेका छौँ। तर बनेका ऐनहरूले त्यतिबेलाकै काम गर्न कार्यान्वयनका रूप कति लिएका छन् भन्ने कुरा हाम्रा विभिन्न प्रणाली तथा खासगरी संसदीय प्रणालीभित्र अपनाइने विभिन्न खालका समिति र तरिकाबाट त्यसको अनुगमन निष्पक्ष ढंगबाट हुन कतिपय कारणले सकिरहेको छैन।”
एक अर्को प्रसंगमा सभामुख घिमिरेले विगतमा भएका युद्धमा प्रभावित मान्छेहरूका लागि सरकारले गम्भीर भएर कुनै पनि काम गर्न नसकेको बताए। त्यस्तै, संसद्मा पनि ती विषयमा आधारित भएर छलफल गर्न नसकिएको भन्दै त्यसप्रति सरकारको ध्यानाकर्षण गराए।
उनले भने, “बेपत्ता नागरिकहरूको छानबिनको कुनै निष्कर्ष नभइकन छानबिन आयोगको समय सिद्धियो। बेपत्ता नागरिकहरूको खोजी कसरी गर्न सकिन्छ भन्ने कुरा नभई सिद्धियो।
सभामुख घिमिरेले सरकारलाई संसद्प्रति उत्तरदायी बनाउनुपर्ने बताए। सांसदलाई जनताको आकांक्षा अभिव्यक्ति गर्ने थलोको रूपमा विकास गर्ने प्रतिबद्धता उनको थियो।
उनले राजनीतिक दल र सांसदहरूलाई जनताप्रति उत्तरदायी बनाएर संसद् चलाउने बताए। सांसदले पूर्ण रूपमा जनताप्रति जबाफदेही भएर काम गर्ने उनको भनाई छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
