पपुवा न्युगिनीले आइतबार असद भालाको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको छ।
काठमाडौँ– पपुवा न्युगिनीले आईसीसी विश्वकप लिग-२ अन्तर्गत यूएई र नेपालसँग खेल्ने टोलीको घोषणा गरेको छ। यूएईमा हुने त्रिकोणात्मक ओडीआई सिरिजका लागि पपुवा न्युगिनीले आइतबार असद भालाको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो।
टोलीमा कप्तान भालासँगै चार्ल्स जोर्डन, सेसे बाउ, टोनी उरा, नर्मन भानुआ, किप्लिस डोरिगा, चाड सोपर, सेमा कामिया, काबुवा वागी, रिले हेरुके लगायतका खेलाडी छन्।
नेपालले हाल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नामिबिया र स्कटल्यान्डसँग त्रिकोणात्मक सिरिज खेलिरहेको छ। नेपालले सिरिजअन्तर्गत आफ्नो अन्तिम खेल मंगलबार स्कटल्यान्डसँग खेल्ने छ। त्यसपछि नेपाल यूएई भ्रमणमा निस्किने छ।
युएईमा नेपालले घरेलु टोली र पपुवा न्युगिनीसँग २/२ खेल खेलेर नेपाल फर्किने छ। लगत्तै नेपालले यी दुई टोलीलाई आतिथ्य गर्ने छ।
७ राष्ट्र सम्मिलित लिग २ मा नेपाल छैटौँ स्थानमा छ। नेपालले २६ खेलमा सम्मिलित विश्वकप लिग–२ मा २७ खेलमा ११ जित र १४ हारको नतिजा बेहोर्दै २४ अंक बनाएको छ।
पपुवा न्युगिनी अंक तालिकामा अन्तिममा छ। पपुवा न्युगिनीले २८ खेलमा २५ हार र २ जितको नतिजा निकालेको छ। पपुवा न्युगिनीको ५ अंक छ।

Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
