कोषले यस पटकको महाशिवरात्रिमा झन्डै २० लाख दर्शनार्थीले पशुपतिको दर्शन गर्ने अनुमान गरेको छ।
काठमाडौँ– महाशिवरात्रिका लागि पशुपतिनाथ क्षेत्रमा हुने भीडलाई मध्यनजर गर्दै पशुपति क्षेत्रमा सवारी साधनको रुट र पार्किङस्थल निर्धारण गरिएको छ। पशुपतिनाथ मन्दिरमा दर्शनार्थीको भीड बढ्दै जाँदा आवश्यकताअनुसार सवारी साधन डाइभर्ट गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार गौशाला क्षेत्रतर्फ जाने सवारीलाई चाबहिल, पुरानो बानेश्वर, ज्ञानेश्वर, मैतीदेवी मोड, रातोपुल, सेतोपुल, कालोपुल, सिफलचौर, कुटुवहाल, गौरीघाट र तिलगंगाबाटै डाइभर्सन गरिएको छ। यसैगरी, मालबाहक गाडीलाई तीनकुने, जोरपाटी, चुच्चेपाटी, सिनामंग पुल र बसुन्धाराबाटै डाइभर्ट गरिएको छ भने बस तथा माइक्रोबस, टेम्पो र मालबाहक गाडीका लागि फरक–फरक रुट निर्धारण गरिएको छ।
रत्नपार्क, भद्रकाली, सिंहदरबार, माइतीघर, नयाँ बानेश्वर, तीनकुने, सिनामंगल हुँदै तिलगंगासम्म पुग्ने र त्यही मार्ग हुँदै रत्नपार्क फिर्ता हुने गरी व्यवस्था मिलाइएको छ भने रत्नपार्क, भद्रकाली, नागस्थान, भोटाहिटी, जमल, केशरमहल, खानीविभाग, लाजिम्पाट, नारायणगोपाल चोक, चाबहिल, बौद्ध, जोरपाटी, साँखुसम्म पुग्ने र त्यही मार्ग हुँदै जमलसम्म तत्पश्चात महेन्द्र सालिक तीनधारा पाठशाला हुँदै रत्नपार्क फिर्ता हुने गरी व्यवस्था मिलाइएको छ।
कालोपुल हुँदै कपन चल्ने गाडीहरू खानीविभाग, लाजिम्पाट हुँदै महाराजगन्जको बाटो चलाउने गरी रुट तोकिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका एसएसपी राजेन्द्र भट्टले जानकारी दिए। उनका अनुसार सुन्धाराबाट मैतीदेवी, पुरानोबानेश्वर, चाबहिल हुँदै बौद्धतर्फ चल्ने माइक्रोबस तथा टेम्पोहरू महेन्द्र सालिक, कृष्णपाउरोटी, जयनेपाल, नक्साल, भगवतीबहाल, सानोगौचरण, सिफल उकालो, चाबहिल गणेशस्थान, चाबहिल हुँदै जोरपाटी मार्ग हुँदै चल्ने भएका छन्।
यसैगरी जोरपाटी बौद्धबाट सुन्धारा आउने माइक्रोबस तथा टेम्पोहरू चाबहिल, नारायणगोपाल चोक, लाजिम्पाट, केशरमहल, जमल, घण्टाघर हुँदै सुन्धारा चल्ने रुट तोकिएको छ। उता जोरपाटी, बौद्ध, चाबहिल हुँदै महाराजगन्जतर्फ जाने मालबाहक गाडीहरू चुच्चेपाटी, भृकुटीचोक, गोपीकृष्ण हल हुँदै सुकेधारा, महाराजगन्जतर्फको रुट तोकिएको छ।
कोटेश्वर, तीनकुने, गौशाला हुँदै बौद्ध वा सुकेधारातर्फ जाने मालवाह गाडीहरू कोटेश्वर, सातदोबाटो, कलंकी, महाराजगन्ज र बौद्ध जाने मालबाहक गाडीहरू गोपीकृष्णहल, कपन, महांकाल, चुच्चेपाटी हुँदै बौद्ध तर्फ जाने रुट तोकिएको छ।
कोटेश्वर तीनकुने हुँदै पशुपति वरपर पुग्नु पर्ने मालबाहक गाडीहरू तीनकुनेसम्म जान सक्ने बनाइएको छ । महाराजगन्ज, चाबहिल हुँदै पशुपति वरपर पुग्नुपर्ने मालबाहक गाडीहरू बसुन्धारासम्मको रुट तोकिएको छ।
कोटेश्वर वा गठ्ठाघरबाट बौद्ध जोरपाटी जाने मालबाहक गाडीहरू जडीबुटी, पेप्सीकोला, गोठाटार पुल हुँदै बौद्ध जोरपाटीसम्मको रुट दिइएको छ । यसैगरी तीलगंगा आँखा अस्पताल अगाडि तीर्थयात्री, दर्शनार्थी र विदेशी पर्यटकहरूका गाडी पार्किङको व्यवस्था गरिएको छ भने देवउद्यानमा रहेको कोषको कार्यालय र भण्डारखालमा विकास कोषले वितरण गरेका पासबाहक सरकारी र प्रहरीका गाडी पार्किङको व्यवस्था गरिएको छ ।
साथै सिफल चौरमा पासवाला गाडी र स्थानीय दर्शनार्थीका सवारी साधन पार्किङको व्यवस्था गरिएको छ । गुह्येश्वरी पारी गोठाटार, जोरपाटी, मूलपानी, गोकर्ण बौद्धतर्फबाट आउने तीर्थयात्रीका गाडी पार्किङको व्यवस्था गरिएको छ। पशुपति क्षेत्रमा रहेको वनकाली क्षेत्रमा महाशिवरात्रिको अवसरमा शिविर सञ्चालन गर्ने संघ–संस्थाका सवारी, दमकल, एम्बुलेन्स र खानेपानीका ट्याङकरहरू पार्किङको व्यवस्था गरिएको छ।
पार्किङ तथा ट्राफिक व्यवस्थापनका लागि तीलगंगा कोरिडोरको उपलब्ध ठाउँ, पशुपति क्षेत्र विकास कोषको कार्यालय, प्रहरी वृत्त, ट्राफिक प्रहरी विभाग गौशाला, सिफल चौरको उपलब्ध ठाउँ, गुह्येश्वरीपारि गरी पाँच ठाउँमा व्यवस्थापन गरिएको छ। यसैगरी विमानस्थल, गौशाला, चाबहिलको चक्रपथमा यात्रुहरूको चापलाई ध्यानमा राखी सडकको आधा भागमा सार्वजनिक सवारी गुड्न दिने र आवश्यकताअनुसार डाइभर्सनको समेत व्यवस्था मिलाइएको छ।
सडक छेउमा फुटपाथका कुनै पनि पसल राख्न नदिने कोषले जनाएको छ। कोषले मन्दिर परिसरमा मासु, जाँड–रक्सी तथा कुनै पनि प्रकारका नशालु पदार्थ नखान नगर्न आग्रह गरेको छ। कोषले यस पटकको महाशिवरात्रिमा झन्डै २० लाख दर्शनार्थीले पशुपतिको दर्शन गर्ने अनुमान गरेको छ।
महाशिवरात्रि मेला २०७९ लाई मध्यनजर गर्दै पशुपतिनाथ मन्दिर आसपासको सुरक्षा व्यवस्था कडा पारिएको छ। सुरक्षाका लागि पाशुपत र आसपास क्षेत्रमा तीन हजारभन्दा बढी पोसाक र त्यतिकै संख्यामा सादा पोसाकका प्रहरी परिचालन गरिएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
