महाशिवरात्रिका अवसरमा पशुपति क्षेत्रमा पाँच हजारभन्दा बढी साधुसन्त आएका छन्।
काठमाडौँ– पशुपतिनाथ मन्दिरमा दर्शनार्थीको घुइँचो लागेको छ। मध्यान्ह १२ बजेसम्म ५ लाखले दर्शन गरिसकेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ।
महाशिवरात्रिका अवसरमा पशुपतिका चार ढोका बिहान तीन बजेदेखि नै खुला गरिएको थियो। बिहान छोटो लाम भए पनि ११ बजेपछि लाइन बढ्न थालेको छ। उत्तरतर्फको लाम चाबहिल चोकभन्दा माथि पुगेको छ।
पश्चिमतिरको लाम गौशाला चोक, दक्षिणतिरको लाम त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिक र पूर्वतर्फको लाम गौरीघाटसम्म पुगेको छ। पशुपति क्षेत्रमा पाँच हजारभन्दा बढी साधुसन्त आएको कोषले जनाएको छ। नागाबाबालाई मूल मन्दिरभित्र राखिएको छ।
साधुसन्तलाई बिहीबारदेखि नै कोषले भोजन, आवास र धुनीको व्यवस्था गरेको छ। दर्शनार्थीलाई व्यवस्थितरूपमा दर्शन गराउन पाँच हजार सुरक्षाकर्मी र चार हजार स्वयंसेवक खटाइएको कोषका प्रवक्ता रेवतीरमण अधिकारीले बताए।







Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
