गुल्मी जिल्ला अस्पतालमै विशेषज्ञ डाक्टर आएपछि हाडजोर्नी तथा नशासम्बन्धी सामान्य समस्या हुँदासमेत पाल्पा, बुटवल र काठमाडौँ जानुपर्ने बाध्यता हटेको छ।
रेसुंगा– गुल्मीमै हाडजोर्नीको विशेषज्ञ डाक्टरबाट बिरामीको उपचार हुन थालेको छ। विशेषज्ञ डाक्टर आएपछि हाडजोर्नी तथा नशासम्बन्धी सामान्य समस्या हुँदासमेत पाल्पा, बुटवल र काठमाडौँ जानुपर्ने बाध्यता हटेको छ।
इस्मा गाउँपालिका–२ हस्तिचौरकी लक्ष्मी बुढाथोकी हाडजोर्नीको उपचारका लागि पटकपटक पाल्पा पुगिन्। “अहिले जिल्लामै सेवा पाउँदा खुशी लागको छ,” उनले भनिन् “आफ्नै जिल्ला अस्पतालबाट उपचार पाउँदा धेरै सहज भयो। समय र खर्चको बचत भयो।” रेसुंगा नगरपालिका–१ तम्घासका महाशर्मा भण्डारीको बायाँ हातमा समस्या थियो। उपचारका लागि पटक–पटक पाल्पा पुगे। “तर अब नपर्ने भयो। जिल्लामा उपचार गर्न पाउँदा धेरै राहत हुन्छ,” उनले भने।
अर्घाखाँचीको छत्रदेव गाउँपालिका–७ का गोपाल पाण्डे पनि हाडजोर्नीको जाँचका लागि आएका छन्। पाल्पा र बुटवलमा हुने उपचार तम्घासबाटै हुने भएपछि सहज भएको उनले बताए। “अन्यत्र जाँदा धेरै खर्चिलो हुने र सहयोगीलाई गाह्रो हुन्थ्यो,” उनले भने, “धेरै सहज भयो।”
गुल्मी अस्पतालबाट दैनिक ६० देखि ७० जना बिरामीले हाडजोर्नीको उपचार गराउने गरेका छन्। जसमा अधिकांश गुल्मेली र केही अर्घाखाँचीका छन्। प्रत्येक बुधबार हाडजोर्नीका बिरामीको शल्यक्रिया हुँदै आएको हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डा. प्रदीप शिवाकोटीले बताए। “नगरपालिकाले प्रोत्साहन गरेपछि जनताले सेवा पाइरहेका छन्,”, उनले भने, “हाडजोर्नीको समस्याका लागि अब बाहिर जानु पर्दैन।”
बिरामीको चाप बढ्दै गएकाले थप उपकरणको आवश्यक परेको उनले बताए। गुल्मी अस्पतालमा दरबन्दी भए पनि विशेषज्ञ डाक्टर बस्न नमान्ने समस्या थियो। बिरामीलाई सास्ती भएपछि रेसुंगा नगरपालिकाले सहजीकरण गरेको नगरप्रमुख खिलध्वज पन्थीले बताए।
सरकारले दिने तलब बराबर थप भत्ता दिएर विशेषज्ञ डाक्टर टिकाएपछि बिरामीलाई सहज भएको नगरप्रमुख पन्थीको भनाइ छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
