हरेक दिन १५.८ प्रतिशत मानिस टाउको दुख्ने समस्यासँग जुधिरहेको पाइएको छ।
विश्वको जनसंख्याको ५२ प्रतिशतलाई कुनै न कुनै प्रकारको टाउको दुख्ने समस्या रहेको पाइएको छ। नर्वेजियन युनिभर्सिटी अफ साइन्स एण्ड टेक्नोलोजीको अध्ययनअनुसार यस्तो पाइएको हो।
साथै, हरेक दिन १५.८ प्रतिशत मानिस टाउको दुख्ने समस्यासँग जुधिरहेको पाइएको छ। त्यसमा पुरूषको तुलनामा महिलाको संख्या बढी रहेको सो विश्व विद्यालयका वैज्ञानिकहरूको दाबी छ।
टाउको दुख्ने समस्याका बिरामीको तथ्यांकलाई लिएर वैज्ञानिकले यस्तो अध्ययन प्रतिवेदन तयार पारेका थिए। टाउको दुखाई सामान्य समस्या हो। तर, मानिसले जीवनमा कम्तिमा एक पटक भए पनि यो समस्या झेल्ने गरेका छन्। जसमा माइग्रेन, सामान्य टाउको दुखाई, चिन्ताका कारण हुने टाउको दुखाईजस्ता समस्या पर्छन्। विश्वका धेरै मानिस नियमित रूपमा यो समस्याबाट गुज्रिने गरेका छन्।
वैज्ञानिकहरूले यो अध्ययनका क्रममा सन् १९६१ देखि २०२० सम्म टाउको दुखाई सम्बन्धित विभिन्न अध्ययनहरूको तथ्यांकलाई समेत आधार मानेका थिए। अध्ययन प्रतिवेदनअनुसार विश्वभरका १४ प्रतिशत मानिसमा माइग्रेनको समस्या हुने गरेको छ। तीमध्ये २६ प्रतिशत मानिसमा माइग्रेन गम्भीर चिन्ताको विषय बनेको छ।
अनुसन्धानका अनुसार पुरूषको तुलनामा महिलामा टाउको दुख्ने समस्या बढी हुन्छ। जसमा १७ प्रतिशत महिला र ५.८ प्रतिशत पुरुषमा माइग्रेनको समस्या हुने गर्छ। यस्तै, ६ प्रतिशत महिलामा टाउको दुखाई लगातार १५ दिनसम्म हुने गरेको छ भने पुरूषमा यो संख्या २.९ प्रतिशत हुन्छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
