डिमेन्सिया र मध्यम मानसिक समस्याबारे ३५ सय जनाको अन्तर्वार्ता र न्यूरोलोजिकल परीक्षणमा आधारित रहेर राष्ट्रियस्तरको अध्ययन गरिएको थियो।
अमेरिकामा ६५ वर्षमाथिका प्रत्येक १० मध्ये एक जनामा स्मरण शक्ति गुम्ने समस्या अर्थात् डिमेन्सिया हुने गरेकाे एक अध्ययनले देखाएको छ। तीमध्ये २२ प्रतिशतमा मध्यम खालको डिमेन्सिया र शुरूवाती चरणको मानसिक समस्या पाइएको छ। सन् २०१६ र २०१७ मा गरिएको एक नयाँ अध्ययनले यस्तो देखाएको हो।
अमेरिकामा पछिल्लो २० वर्षयता पहिलोपटक उमेर, शिक्षा, लिङ, जाति र वर्णका आधारमा डिमेन्सिया र सामान्य मानसिक समस्याबारे राष्ट्रियस्तरमै यो अध्ययन गरिएको थियो।
अध्ययनमा विशेषगरि अफ्रिकी अमेरिकी मूलका वृद्ध मानिसहरू बढी संख्यामा डिमेन्सियाको शिकार हुने गरेको पाइएको छ। यस्तै, हिस्पानिक अर्थात् स्पेनिस मूलका अमेरिकीहरूमा मध्यम खालको मानसिक समस्या देखिने गरेको अध्ययनले देखाएको छ। माध्यमिक तहभन्दा कम पढेकाहरूमा भने यी दुवै समस्या देखापरेका थिए।
सो राष्ट्रिय अध्ययन ६५ वर्षभन्दा माथिका ३५ सय जना मानिसको अन्तर्वार्ता र उनीहरूको न्यूरोलोजिकल परीक्षणमा आधारित छ। वृद्धावस्थामा पुगेका धेरै मानिसमा भने डिमेन्सिया र मध्यम मानसिक समस्या उच्च देखिने गरेको अध्ययनले देखाएको छ।
अध्ययनका क्रममा ६५ देखि ६९ वर्षसम्मका वयस्क मानिसमध्ये केबल ३ प्रतिशतमा डिमेन्सिया देखिएको थियो भने ९० वर्षभन्दा माथिका ३५ प्रतिशत मानिसमा डिमेन्सिया देखिएको छ।
यो अध्ययन जामा न्यूरोलोजी नामक जर्नलमा प्रकाशित छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
