स्कटल्यान्डद्वारा नेपाललाई २७५ रनको लक्ष्य, लीस्कको शतक

स्कटल्यान्डका माइकल लीस्कले अविजित रहँदै सर्वाधिक १०७ बनाए। उनले ८५ बलमा ३ चौका र ९ छक्का प्रहार गरे। 

काठमाडौँ– माइकल लीस्कको शतकप्रेरित स्कटल्यान्डले आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडीआई सिरिजमा नेपाललाई २७५ रनको लक्ष्य दिएको छ।

त्रिवि क्रिकेट मैदानमा स्टकल्यान्डले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २७४ रन बनाएको हो। स्कटल्यान्डका लागि लीस्कले अविजित रहँदै सर्वाधिक १०७ बनाए। उनले ८५ बलमा ३ चौका र ९ छक्का प्रहार गरे। ओपनर क्रिस्टोफर म्याकब्राइड र मध्यक्रमका ब्रान्डन म्याकुलमले २२/२२ रन बनाए। यस्तै, मार्क वाटले २० रन बनाए।

यस्तै कप्तान रिचि बेरिंगटन र थोमस म्याकिन्टोसले १९/१९ रन बनाए। क्रिस ग्रेभ्ब्स १६ रन बनाउँदै आउट भए। ज्याक जार्विस र माइकलले सातौँ विकेटका लागि ८१ रनको साझेदारी गरेका थिए। आठौँ विकेटका लागि माइकल र मार्कले ७६ रनको साझेदारी गरेका थिए।

नेपालका सन्दीप लामिछानेले सर्वाधिक ३ विकेट लिए। उनले १० ओभर बलिङ गर्दै २७ रन खर्चिए। कुशल मल्लले २ विकेट लिए। दीपेन्द्रसिंह ऐरी र कुशल भुर्तेलको नाममा १/१ विकेट रह्यो।