अनुगमनका क्रममा उपभोक्तासँग बजार मूल्यभन्दा चर्को मूल्यमा सामान बेचको पाइएपछि कारबाही गरिएको विभागले जनाएको छ।
काठमाडौँ– उपभोक्तासँग बजार मूल्यभन्दा बढी मूल्य लिएको पाइएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र सञ्चालित सात पसल कारबाहीमा परेका छन्।
नापतौलमा हेरफेर गरेको, चर्को मूल्य असुलेको गुनासोपछि एयरपोर्टभित्रका ती पसलमाथि वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले अनुगमन गरेको थियो। अनुगमनका क्रममा उपभोक्तासँग बजार मूल्यभन्दा बढी मूल्य लिएको पाइएपछि कारबाही गरिएको विभागले जनाएको छ।
रिलेवलिङ गरेको, गुणस्तर परिमाण, मूल्य, नापतौलमा हेरफेर गरेको कसुरका आधारमा पसलहरूलाई दुई लाखदेखि तीन लाख रुपैयाँसम्म जरिबाना गरिएको विभागको दैनिक अनुगमन विवरणमा उल्लेख छ। विभागले कुल सात वटा पसललाई कारबाही गरेर १५ लाख जरिबाना गरेको छ। त्यस्तै, विभागले ६ वटा पसललाई सामान्य निर्देशन दिएको छ।

Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
