मुस्लिम आयोगका अध्यक्ष अन्सारीले प्रधानमन्त्रीसमक्ष आयोगहरूमा स्रोतसाधन र कर्मचारीको दरबन्दी थप गर्न माग गरिएको जानकारी दिए।
काठमाडौँ– सात संवैधानिक आयोगका अध्यक्षहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'लाई भेटेर आयोगमा स्रोतसाधन र कर्मचारी दरबन्दी थप गर्न माग गरेका छन्।
बिहीबार सिंहदरबारमा राष्ट्रिय महिला आयोग, राष्ट्रिय दलित आयोग, राष्ट्रिय समावेशी आयोग, आदिवासी जनजाति आयोग, मधेसी आयोग, थारू आयोग र मुस्लिम आयोगका अध्यक्षहरूले संयुक्त रूपमा प्रधानमन्त्री दाहाललाई भेट गरेका हुन्।
भेटमा आयोगका अध्यक्षहरूले आ–आफ्नो आयोगमा भएका समस्या प्रधानमन्त्रीसमक्ष राखेका छन्। भेटपछि न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले आफूहरूले आयोगमा स्रोतसाधन र कर्मचारीको दरबन्दी न्यून भएकाले काम गर्न समस्या परेको विषय प्रधानमन्त्रीसमक्ष राखेको बताए।
उनले आयोगहरूमा स्रोतसाधन र कर्मचारीको दरबन्दी थप गर्न माग गरिएको जानकारी दिए। "समुदायको उत्थान र विकासको जुन उद्देश्यले आयोगहरू गठन गरिएको छ त्यसका लागि पर्याप्त स्रोतसाधन, कर्मचारीको दरबन्दीदेखि लिएर हरेक कुराको व्यवस्थापन हुनुपर्ने, तर त्यो एकदमै न्यून भएको कारणले हामीले आ–आफ्ना आयोगका समस्या प्रधानमन्त्रीसमक्ष राख्यौँ", उनले भने।
आयोगका अध्यक्षसँगको भेटमा प्रधानमन्त्री दाहालले संवैधानिक आयोगहरूलाई बलियो बनाउनका लागि सरकारले प्रयास गर्ने प्रतिबद्धता गरेको मुस्लिम आयोगका अध्यक्ष अन्सारीले बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
