नवनियुक्त कुलपतिले लिए शपथ

नेपाल प्रज्ञाप्रतिष्ठान, संगीत तथा नाट्य प्रज्ञाप्रतिष्ठान र नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानका नवनियुक्त कुलपतिहरूले प्रधानमन्त्रीबाट पद तथा गोपनीयताको शपथ लिएका छन्।

काठमाडौँ-  नेपाल प्रज्ञाप्रतिष्ठान, संगीत तथा नाट्य प्रज्ञाप्रतिष्ठान र नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानका नवनियुक्त कुलपतिहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।

आज बिहान बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नवनियुक्त तीन कुलपतिलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्।

प्रधानमन्त्री दाहालले नेपाल संगीत तथा नाट्य प्रज्ञाप्रतिष्ठानका कुलपति निशा शर्मा, नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति भुपाल राई र नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीलाई  शपथ गराएका हुन्।

सो अवसरमा प्रधानमन्त्री दाहालले तीनैजनालाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका थिए।